काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ
घटनास्थलमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) दीपेन्द्र ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई उद्धार गरिएको छ । अन्य यात्रुको खोजी भइरहेको उनले बताए ।
‘दुर्घटनामा परेर गम्भीर घाइते भएका १० जना हुनुहुन्छ । अरूको खोजी गर्दैछौँ । भीरमा भएकोले खोजीमा पनि समस्या भएको छ,’ उनले भने ।
मकवानपुर प्रहरीका अनुसार बिहीबार बिहान करिब पौने ६ बजे काठमाडौं-कुलेखानी-भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढी नजिक माइक्रोबस दुर्घटनामा परेको हो । माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरिरहेको छ ।
दुर्घटनामा परेको माइक्रोबसको नम्बर खुल्न सकेको छैन । प्रारम्भिक अनुमानअनुसार माइक्रोबसमा करिब १३ देखि १४ जना यात्रु सवार थिए । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्