काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्दैछ
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलमा लुम्बिनी अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ
लुम्बिनी ७ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने काठमाडौं गोर्खाज ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।
चार खेल खेलेको लुम्बिनीले तीन खेलमा जित निकालेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको छ । काठमाडौंले तीन खेल खेलेकोमा दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्