काठमाडौं , नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
दिनको पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । शीर्ष स्थानको होडमा रहेका काठमाडौं र सुदूरपश्चिम दुवै टोली जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा छन् ।
पाँच खेल खेलेको काठमाडौंले चार जित र एक हारसहित आठ अंक जोडेको छ । टोली हाल अंकतालिकाको दोस्रो स्थानमा छ । यता, छ खेल खेलेको सुदूरपश्चिमले चार जित र दुई हार बेहोर्दै समान आठ अंक जोडेको छ । सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ ।
आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्नेछ । दुवै टोली प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।
पाँच खेल खेलेको चितवनले दुई जित र दुई हार बेहोरेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको छ । चितवन पाँच अंकसहित अंकतालिकाको पाँचौँ स्थानमा छ ।
त्यस्तै, छ खेल खेलेको जनकपुरले दुई जित र चार हारसहित चार अंक जोडेको छ । जनकपुर अंकतालिकाको छैटौँ स्थानमा रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्