कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध

कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध

गुल्मी , सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका २ राक्से खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि हिजो बेलुकादेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

सडक सञ्चालन भएको तीन दिनपछि पुनः माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसिरहेकाले हिजो बेलुकीदेखि आवागमन अवरुद्ध बनेको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए । अहिले सडक माथिबाट परिहो झरिरहेका कारण थप जोखिम हुनसक्ने भन्दै आज बिहान पहिरोको अवस्था हेरेर मात्र सडक सञ्चालनका लागि डोजर परिचालन गरिने उनले बताए ।

सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो झरिरहेकाले राति पहिरो हटाउन सम्भव नभएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि अहिले उक्त करिडोर हुँदै पाल्पा, बुटवल, बागलुङ, म्याग्दी तथा पर्वतसम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । उक्त सडक जिल्लाको व्यस्त सडकअन्तर्गत पर्दछ ।

प्रकाशित मिति : सोमबार, कार्तिक ३० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij