काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै २०८३ कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिइएको जनाएको हो ।
यसअघि छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिइसकिएको छ । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ
मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा कात्तिक ३० गते सोमबारसमेत सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ ।
यससँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ । 
प्रकाशित मिति : शुक्रबार, कार्तिक २७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्