काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।
शुक्रबार राति सन्दीप अनुवन्ध भएको दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर किंग्सबीच खेल थियो । सो खेलमा दिल्ली ३४ रनले विजयी भयो ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाइविरुद्ध चार ओभर बलिङ गरेका सन्दीपले २१ रन खर्चिएर १ विकेट झार्न सफल भएका छन् । उनले एसके रैनालाई विजय शंकरको हातबाट १५ रनमा क्याच आउट गरे । सन्दीप ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित भए । उनले भारु एक लाख रुपैयाँ पनि पाए ।
आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध सन्दीपले ४ ओभरमा २५ रन खर्चेर एक विकेट झारेका थिए ।
शुक्रबार राति टस हारेर व्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । दिल्लीका लागि रिसभ पन्तले सर्वाधिक ३८ रन बनाए । विजय शंकर र हर्षल पटेलले समान ३६-३६ रन योगदान गरे । उनीहरु नटआउट रहे । पटेल प्लेयर अफ दि म्याच भए ।
१६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले ६ विकेटको क्षतिमा १२८ रन मात्र बनाउन सक्यो । उसका लागि अम्बाति राइडुले ५० रन बनाए पनि हार टार्न सकेनन् । रविन्द्र जडेजाले नटआउट २७ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनी १७ रनमा आउट भए ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्