फिल्म ‘वीरे दी वेडिङ’मा अभिनेत्री स्वारा भास्कर ‘चेन स्मोकर’ युवतीको भूमिका देखिएकी छिन् । तर, वास्तविक जीवनमा उनी चुरोट छुनसम्म छुँदिनन् ।
उनले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘यस फिल्मको अनुभव यस्तो रह्यो कि आगामी फिल्ममा स्मोकिङ भएको सिन गर्दै गर्दिनँ ।’ यो निर्णयले ठूलो प्रस्ताव उम्किए पनि कुनै पछुतो नहुनेसमेत उनले बताएकी छिन् ।
स्वारा भास्करले बताएकी छिन्, ‘फिल्म ‘अनारकली अफ आरा’को सिनका लागि मैले स्मोक त गरेँ, तर त्यो फिल्मको सुटिङपछि स्वास्थ्यमा खराबी आयो ।
फिल्म ‘वीरे दी वेडिङ’मा पनि उही काम गर्नुप-यो र असहज भयो ।’
सुटिङताका निर्देशक शशांक घोषले स्वाराले सही तरिकाले स्मोकिङ नगरेको गुनासो गरेका थिए । त्यसका लागि क्यारेक्टरमा ढल्न निकै मिहिनेत गर्नुपरेको स्वाराले बताएकी छिन् ।
स्वाराले चुरोट तान्नुजस्तो अप्ठ्यारो काम जिन्दगीमा अरू कुनै नभएको बताएकी छिन् । फिल्ममा उनीसँगै करिना कपुर, सोनम कपुर र शिखा ताल्सानियाको समेत खास भूमिका छ । फिल्म १ जुनमा रिलिज हुँदै छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्