विश्वकप खेल्ने पोर्चुगल टोलीको घोषणा

विश्वकप खेल्ने पोर्चुगल टोलीको घोषणा

काठमाडौं । विश्वकप फुटबल सुरु हुन २५ दिन बाँकी छ । विश्वभरका उत्कृष्ट ३२ देशले सहभागिता जनाउने फुटबल महाकुम्भका लागि अन्तिम २३ सदस्यीय टोलीको घोषणा हुन थालेको छ ।

जुन ४ तारेख सम्ममा सबै देशले आफ्नो २३ सदस्यीय टोलीको नाम घोषणा गरिसक्नु पर्ने नियम रहेको छ । रसियामा हुन विश्वकप जुन १४ मा सुरु भएर जुलाई १५ मा सकिने छ । जसका लागि पार्चुगलले पनि आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ ।

बार्सिलोनाका मिडफिल्डर आन्द्रे गोमेस, बार्यन म्युनिखका रोबर्टो सान्चेज टिममा पर्न सकेनन् । यस्तै सन् २०१६ को युरो कप फाइनलमा गोल गरेका स्ट्राइकर एडर पनि विश्वकप टिममा छनोट हुन सकेनन् ।

टोलीको कप्तानी रियल मडि्रडबाट खेल्ने स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गर्ने पक्का भइसकेको छ । विश्वकपमा पोर्चुगल स्पेन, मोरक्को र इरान रहेको समूह ‘बी’ मा परेको छ ।

को को परे पोर्चुगलको टिममा ?

गोलकिपर – एन्थोनी लोपेज, बेटो, रुइ प्याटि्रसियो

डिफेन्डर – ब्रुनो अल्भेस, सेडि्रक सोयरेस, जोस फोन्टे, मारियो रुइ, पेपे, राफेल ग्युरेइयो, रिचार्ड पेरेइरा, रुबेन डायस

मिडफिल्डर – एड्रियन सिल्भा, ब्रुनो फर्नान्डेस, जाओ मारियो, जाओ मोटिन्हो, म्यानिउल फर्नान्डेस, विलियम कार्भाल्हो

फरवार्ड – आन्द्रे सिल्भा, बर्नाडो सिल्भा, क्रिष्टियानो रोनाल्डो, गेल्सन मार्टिन्स, गोन्सालो गुडेज, रिचार्डो करिस्मा

प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij