विश्वकपमा अन्तिम आठको छिनोफानो आज, जाेगिएला इंगल्‍यान्‍ड ?

विश्वकपमा अन्तिम आठको छिनोफानो आज, जाेगिएला इंगल्‍यान्‍ड ?

रसियामा जारी विश्वकप फुटबलमा मंगलबार प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। अन्तिम दुई प्रि–क्वाटरफाइनलमा स्विडेन र स्विजरल्याण्ड तथा कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै छन्।

समूह एफको विजेता स्विडेन र समूह इ को उपविजेता स्वीट्जरल्याड बिचको खेल मंगलबार सांझ पौने आठ बजे रसियाको सेन्ट पिटरवर्गस रंगशालामा हुने छ। समूह एफमा स्विेडेनले कोरिलाई एक शुन्यले हराएको थियो भने जर्मनीसँग २–१ गोल अन्तरले पराजित भएको थियो। त्यस्तै समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई तीन शुन्य गोल अन्तरले हराएको थियो।

समूह इको उपविजेता स्वीट्जरल्याण्डले सर्बियालाई २–१ गोल अन्तरले हराउँदा कोष्टारिकासँग २–२ गोलको बराबरी खेलेको थियो भने ब्राजिलसँग १–१ को ड्र नै खेलेको थियो।

त्यस्तै मंगलबार राति पौने १२ बजे इग्ल्याण्ड र कोलम्बिया खेल्ने छन्।स्पार्टक रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा पुग्नु रहने छ। कोलम्बिया समूह ‘एच’ को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो। इंग्ल्यान्ड भने समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो।

मंगलबारको खेलबाट क्वाटरफाइनलमा पुग्ने सबै आठ टोलीको छिनोफानो लाग्ने छ। यी मध्यका दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन्। यस अघि फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरीसकेका छन्। यो विश्वकपमा अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापानले अन्तिम आठको यात्रा गर्न सकेनन्।

प्रकाशित मिति : मंगलबार, असार १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij