फ्रान्स भर्सेस उरुग्वेः अपराजित टोलीको अग्निपरीक्षा

फ्रान्स भर्सेस उरुग्वेः अपराजित टोलीको अग्निपरीक्षा

विश्वकपको सेमिफाइनल प्रवेशका लागि आज फ्रान्ससँग उत्रँदा इडिसन काभानी उरुग्वेको टोलीमा नहुन पनि सक्छन्। पेरिस सेन्ट जर्मन(पिएसजी) का यी स्ट्राइकरका नाममा यस विश्वकपमा उरुग्वेले गरेका सातमध्ये तीन गोल छन्।

अन्तिम १६ मा पोर्चुगलविरुद्धका दुबै गोल उनले गरेका थिए। समूह चरणमा आयोजक रसियाविरुद्ध उनका नाममा एक गोल थियो। पोर्चुगलविरुद्धको खेलमा खुट्टामा समस्या देखिएपछि उनले मैदान छाडेपछि विश्वकपका बाँकी खेलहरु गुमाउने हुन कि भन्ने अाशंका फैलिएको थियो। तर, क्वार्टरफाइनल गुमाउन नचाहेका उनी बिहीबार भने टोलीको अभ्यासमा देखिए।

२००६ देखि प्रशिक्षक अोस्कार टाबारेजले उरुग्वको टोली सम्हालिरहेका छन्। २०१० को विश्वकपमा उनले टोलीलाई चौथोस्थान सम्म पुर्याएका थिए। चारवर्षअघि भने उरुग्वे ब्राजिलसँग क्वार्टरफाइनलमा पराजित भएको थियो। उरुग्वेले आज क्वार्टरफाइनलमा फ्रान्सको सामना गर्दछ। जसले अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गरेको थियो।

इजिप्टलाई र साउदी अरेबियालाई १–० र रसियालाई समूहचरणमा ३–० ले पराजित गरेको उरुग्वेले अन्तिम १६ मा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई २–१ ले पराजित गरेको थियो। यता, फ्रान्सले समूह चरणमा अष्ट्रेलियालाई २–१, पेरुलाई १–० र डेनमार्कसँग गोलरहित बराबरी खेल्यो भने अन्तिम १६ मा भने लियोनल मेस्सीको अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित हुँदै अपराजित रह्यो।

‘काभानी हाम्रा लागि निकै महत्वपूर्ण खेलाडी हुन्,’ प्रशिक्षक टाबारेजले भने, ‘उनी राम्रो लयमा पनि छन्। चोटिल भएपछि उनी पुनरागमनका लागि कडा मेहनत पनि गरिरहेका छन्। आफ्ना सपना र इच्छाहरु पूरा गर्न उनको ध्यान केन्द्रीत छ। उनलाई हामी अन्तिम समयसम्म पनि पर्खनेछौं।’

उरुग्वले फ्रान्ससँग यसअघि भएका ८ खेलमध्ये ३ मा जित हात पारेको छ। १ फ्रान्सले जितको छ भने ३ बराबरीमा सकिएका छन्। विश्वकपमा भने उरुग्वे फ्रान्ससँग अपराजित छ। तीनमध्ये एक खेलमा जित हात पारेको छ भने दुई खेल बराबरीमा टुंग्गिएका छन्।

काभानीसँगै र फ्रान्सका १९ वर्षिय किशोर क्यालियन एम्बाप्पेमा सबैको नजर हुनेछ। उनीहरु दुबै पेरिस सेन्ट जर्मनबाट नै खेल्ने भएकाले क्लबका सहकर्मीहरु एक अर्काविरुद्ध कस्तो खेल्छन् त्यसले धेरैको ध्यान खिच्नेछ। एम्बाप्पे भने यस खेलका लागि फिट छन्। अर्जेन्टिनालाई अन्तिम १६ मा पराजित गर्दा उनले दोहोरो गोल गरेका थिए। किशोर उमेरमा विश्वकपमा दोहोरो गोल गर्ने दोस्रो खेलाडी बनेका एम्बाप्पेमा आज धेरैको ध्यान हुनेछ।

‘अर्जेन्टिनाविरुद्ध उनले जे गरे त्यो उत्कृष्ट थियो,’ फ्रान्सका प्रशिक्षक डिडिर ड्यासच्याम्पस भन्छन्, ‘यसले उनी सबैको नजरमा परेका छन्, महत्वपूर्ण खेलमा त्यस्तो प्रदर्शन गरेपछि उनको नाम सबैले लिनु स्वभाविक हो।’

‘उनले अब त्यो खेलका जित पचाउनुपर्छ। मलाई लाग्छ अन्य टोलीजस्तै उनले पनि पचाईसके। हामीले आइतबार र सोमबार सेलिब्रेसन गरौं। मंगलबार देखि पुनः अभ्यासमा फर्कियौं। तर, अब हामीले आराम गरेर सजिलो गरि लिने स्थिती छैन्’ उनले थपे, ‘उरुग्वे अर्जेन्टिनाभन्दा फरक प्रोफाइल भएको टोली हो। चुस्त डिफेन्स छ र काउन्टर अट्याकमा उनीहरु निकै खतरनाक छन्। हामीले धैर्य राख्नु आवश्यक हुनेछ।’

फ्रान्सका लागि प्रशिक्षक डिडिर ड्यासच्याम्पसको यो ८१ औं खेल हो। २०१२ मा उनको फ्रान्सबाट पहिलो खेल नै उरुग्वेसँग थियो। उक्त खेल गोलरहित बराबरीमा रोकिएको थियो।

फ्रान्स दक्षिण अमेरिकी देशसँग विश्वकपका आफ्ना पछिल्ला ९ खेलमा अपराजित छ। ती मध्ये ७ खेलमा भने कुनै गोलपनि ब्यहोरेको छैन्।

प्रकाशित मिति : शुक्रबार, असार २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij