काठमाडौ । नेपाली टोलीको बन्द प्रशिक्षणका लागि खेलाडीहरु छनोट गरिएको छ। नेदरल्याण्ड्स र एसीसीसँग अागामी जुलार्इ २९ तारिखमा लर्डसमा हुने त्रिकोणात्मक टी-२० सीरिज खेल्ने टोली छनोटका लागि बन्द प्रशिक्षण अाह्वान गरिएको हो।
अासीसीका प्रतिनिधी अमिन्यूल इस्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का सम्मेलित छनोट टोलीले शुक्रबार २० सदस्यीय बन्द प्रशिक्षणमा सहभागी हुने टोलीको घोषणा गरेको हो। बन्द प्रशिक्षण शनिबारबाट सुरु हुनेछ।
बन्द प्रशिक्षणमा पहिलो पटक हरी क्षेत्रीले स्थान बनाएका छन भने विनोद भण्डारी, प्रदीप ऐरी र सुवास खकुरेलले पुनरागमन गरेका छन्। प्रदीप २०१५ यता र विनोद भण्डारी अन्तिमपटक विश्व क्रिकेट लिग च्याम्पियनसिपको यूएर्इविरुद्धको खेलयता राष्ट्रिय टोलीमा थिएनन्। सुवास भने चोटका कारण लामो समय टोली बाहिर थिए।
बन्द प्रशिक्षणका लागि छनोटमा परेका खेलाडीहरुमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुनिल धमला, सुशन भारी र हरि क्षेत्री छन्।
नेपालले एकदिवसीय मान्यता पाएको उपलक्ष्यमा एमसीसीले अायोजना गर्न लागेको टी-२० सीरिजको पहिलो खेल स्थानिय समानुसार विहान १० बजे र फाइनल खेल साँझ साढे ४ बजे सुरु हुने एमसीसीले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, असार २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्