यू–१९ महिला फुटबल टोली सोमबार नेपाल फिर्ता

यू–१९ महिला फुटबल टोली सोमबार नेपाल फिर्ता

काठमाडौँ । एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यू–१९ महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदै छनोट भएका नेपाली किशोरी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घका पदाधिकारीहरुले स्वागत गरे ।

नेपाली किशोरी टोलीले थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदै दोस्रो चरणको लागि छनोट हुन सफल भएको थियो । थाइल्याण्ड मै हुने दोस्रो चरणको खेल आगामी सन् २०१९ अप्रिलमा हुनेछ ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो भने त्यसपछिको दुवै खेलमा जित हात पारेको थियो । नेपालले भारतलाई २–० ले तथा पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गरेको थियो ।

नेपालले पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाएको हो । अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिलमा हुने छनोट चरण पार गर्नुपर्नेछ ।

च्याम्पियनसिप छनोटमा विभिन्न छ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij