बुटवल । पाँच नम्बर प्रदेश सरकारले ३६ वटा विधेयक प्रदेश सभामा दर्ताका लागि स्वीकृत गरेको छ। विजनेश नपाएर तीन महिनाअघि स्थगित भएको प्रदेशसभा बैठक मंसिर पहिलो साता बस्ने तयारी छ।
संसदको तेस्रो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लैजाने योजनासहित सरकारले ३६ विधेयक दर्ता तथा निर्माणका लागि स्वीकृति दिएको हो। यीमध्ये केही विधेयक मस्यौदाका लागि सैद्धान्तिक सहमति दिइएका हुन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चार विधेयक संसदमा लानका लागि स्वीकृति दिएको छ भने सात वटा विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए।
सरकारले सहमति दिएपछि विधेयकको मस्यौदा तयार हुने व्यवस्था रहेको छ। केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले १५ वटा विधेयकमाथि स्वीकृति र सैद्धान्तिक सहमति दिएको थियो।
शुक्रबारको मन्त्रीपरिषद् बैठकले पाल्पाको रिब्दीकोट गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ। गाउँपाािलकाको दुई तिहाई बहुमतले रिब्दीकोट भैरव नाम राख्ने प्रस्ताव पारित गरेको थियो। त्यस्तै मन्त्रिपरिषद् बैठकले जनता आवास कार्यविधि समेत स्वीकृति गरेको छ। प्रदेश ५ मा यसअघि संसोधनसहित १५ वटा कानुन तयार भइसकेका छन्।
प्रकाशित मिति : शनिबार, कार्तिक १७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्