बाघले एकै रातमा मार्‍यो नौ गाई

बाघले एकै रातमा मार्‍यो नौ गाई

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ। मंगलबार राति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ गाईलाई मारेको छ। वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाईमाथि बाघले आक्रमण गरी मारेको वडाध्यक्ष बहादुरसिंह महराले बताए।

बाघले दिउँसोसमेत वन क्षेत्रमा चर्न पठाइएका गाईमाथि आक्रमण गरी मार्न थालेको छ। वडाध्यक्ष महराले भने, ‘राति गाई राखेकै ठाउँमा छिरेर ठूलो नोक्सानी पुर्‍याउन थालेको छ।’

बाघ भगाउनका लागि गोठाला राखिएका भए पनि गाई जोगाउन निकै मुस्किल हुन थालेको उनले बताए। डमरुसहितको बाघ भएकाले भगाउन खोजे पनि भाग्नुका साटो उल्टै गोठालामाथि आक्रमण गर्न आउने गरेको छ।

दुई साताअघि पनि ११ गाई एकैरात बाघले मारेको थियो। नगरपालिका क्षेत्रमा छाडा छाडिएका गाई व्यवस्थापनका लागि सामुदायिक वनमा राखिएको छ। सामुदायिक वनका तीन ठाउँमा झण्डै एक हजार गाईलाई राखिएको जनाएको छ। रासस

प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij