स्थानीय सरकारले बाँड्यो गरिब परिचयपत्र

स्थानीय सरकारले बाँड्यो गरिब परिचयपत्र

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिकाले विपन्न र गरिव परिवारलाई परिचय पत्र दिएको छ। नागरिकको घरदैलोमा पुगी तथ्यांक संकलन गरेको गाउँपालिकाले मंगलबार परिचय पत्र प्रदान गरेको हो।

नाैवटै वडाबाट संकलन गरेको विन्नता स्तरीकरणको नतिजाअनुसार प्रमाणपत्र बाँडिएको अध्यक्ष कविन्द्रकुमार केसीले बताए। अध्यक्ष केसीले गाउँपालिकाको गरिवलाई क, ख, ग र घ गरी चारवटा वर्ग विभाजन गरि प्रमाण पत्र वितरण गरिएको बताए।

गाउँपालिकाको गरिवीका आधारमा बजेट विनियोजन गरिने छ। ‘वडास्तरको गरिविका आधारमा हामीले बजेट तथा योजना निर्माण गर्छाैं’ उनले भने,‘हचुवाका भरमा योजना र बजेट विनियोजन गर्नुले विकास भएन। तसर्थ गाउँपालिकाले गरिवी घटाउने लक्ष्यअनुसार विपन्न परिवारको पहिचान गरेको छ।’

प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij