बुटवल : मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि चिनियाँ राजदुत यु होङले आज भेट गरेका छन्। भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानी बारे छलफल भएको छ ।
मुख्यमन्त्रीले यो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर संभावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव हाम्रा लागि काम लाग्ने बताए ।
उनले नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेकोले महामहिम राजदुत मार्फत चिनियाँ सरकारप्रति धन्यवादन व्यक्त गरे । उनले चिनियाँ रेल काठमाडाैँ हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुशी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गरे ।
राजदुत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताए । लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै उनले लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरे ।
उनले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको जानकारी गराए । साथै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सफलता पाउन शुभकामना समेत दिए । राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा समेत गरेका थिए ।
प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्