काठमाडौँ : सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ ।
गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो ।
युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ । लामो समयदेखि तीनवटा सदस्य पद खाली थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिशमा परिषद्मा तीन सदस्य नियुक्त गरिएको हो ।
राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिमल्सिना डेढ दशकदेखि नेपाली खेलकूदमा सक्रिय छन् । यस्तै निरौला पूर्वराष्ट्रिय महिला भलिबल खेलाडी तथा हाल भलिबल सङ्घको केन्द्रीय सदस्य रहेका छन् । बक्सिङका पूर्वखेलाडी गुरुङ पनि परिषद्का पूर्व सदस्य हुनुहुन्छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्