ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेर स्वदेश फर्कदै महिला फुटबल टोली

ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेर स्वदेश फर्कदै महिला फुटबल टोली

काठमाडौँ : ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमामा सम्पन्न एशिया छनोटको तीन खेलमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो ।

नेपाली महिला फुटबलको यो ऐतिहासिक सफलता हो । छनोट प्रतियोगिताको नियमअनुसार प्रत्येक समूहका शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसैअनुसार नेपाल समूह विजेता वा उपविजेता नबने पनि उत्कृष्ट दुई घोषित हुँदै दोस्रो चरणमा पुगेको हो । नेपाल रहेको समूहबाट म्यानमा विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन् । बङ्गलादेश भने समूह चरणबाटै बाहिरिएको छ ।

नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् ।

नेपाली टोलीमा गोलकिपरमा एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।

प्रकाशित मिति : बुधबार, कार्तिक २८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij