बुटवल । पाल्पाको महत्वपूर्ण धार्मिकस्थल सत्यवतीमा यही मंसिर ५ देखि ७ गतेसम्म धार्मिक मेला लाग्ने भएको छ । तिनाउ गाउँपालिका –४,सत्यवतीमा रहेको ताल तथा मन्दिर परिसरमा यस बर्ष पनि कात्तिक पूर्णिमाको अवसरमा मेला लाग्ने भएको हो ।
सत्यवती ताल संरक्षण तथा मन्दिर व्यवस्थापन समितिले बुटवलमा पत्रकार सम्मेलन गरी बिगतका मेलाभन्दा परिस्कृत रुपमा आयोजना गर्न लागेको यसपटकको महामेलामा सहभागि हुन यस क्षेत्रबासीमा अनुरोध गरेको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुनबीर गाहाले मेलालाई व्यवस्थित बनाउन बिभिन्न समिति गठन गरीएको र सहयोगका लागि समेत स्थानीय गाउपालिका र संघ सस्थाहरुलाई आग्रह गरेको जानकारी दिए ।
कार्यक्रममा दोभान गाउपालिका वडानम्वर ४ का अध्यक्ष दान बहादुर गाहा मगर, ३ का अध्यक्ष प्रेम प्साद पाण्डे, दोभान एकिकृत पर्यटन बिकास परिषदका अध्यक्ष दल बहादुर गुरुगं, मन्दिर व्यवस्थापन समितिका सचिव लाल बहादुर दर्लामी, कृष्ण रेग्मि लगायतले ताल तथा मन्दिर संरक्षणका लागि भएका प्रयासहरुका सम्वन्धमा जानकारी गराउदै सत्वतिलाई धार्मिकसंगै अव पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्ने बताए।
सत्यवती बज्यै बहिरी छन् भन्ने विश्वासले मन्दिर जाने भक्तजनले ताल र मन्दिरको परिक्रमा गर्दै जोडले चिच्याएर वर माग्छन् ।
मन्दिर पुग्नका लागि सिद्धार्थ राजमार्गबाट झण्डै दुई घण्टा लाग्छ । चतुर्दशीको दिन तालमा साल तथा बाँसको लिङ्गो गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो चिनेर पूजा गर्ने र चिच्याएर वर मागेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।
प्रकाशित मिति : शनिबार, मंसिर १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्