सरसफाई अभियान जारी

सरसफाई अभियान जारी

कञ्चनपूर । भीमदत्त नगरपालिकामा सरसफाई गरिएको छ । भीमदत्त नगरपालिका स्तरीय समुदाय प्रहरी साझेदारी नगर समितिको अगुवाईमा वडा नं. १० मा बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम अन्र्तगत जिमुवास्थित वडा कार्यालयबाट कलपटे मन्दिरसम्म सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा नगर समुदाय प्रहरी नगर समितिका सयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायत, विश्व सरसफाई अभियन्ताद्वय राजमान मानव र सुशिला महर्जन, वडा नं. १० का अध्यक्ष वडा अध्यक्ष प्रमानन्द जोशी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय सहभागी भएका छन् ।

भीमदत्त नगरलाई सफा स्वच्छ बनाउने लक्ष्यका साथ हरेक शनिबार साप्ताहिक रुपमा सरसफाई कार्यक्रम सञ्चालन हुँदै आएका छ ।

भीनपा वडा नं. ४ बजारबाट साप्ताहिक सरसफाई कार्यक्रम सुरु गरिएको छ । गत वर्ष भीमदत्त नगरपालिकाले साप्ताहिक घुम्ती कार्यक्रम नाम दिएर नगर क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको थियो ।
भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रलाई सफा स्वच्छ बनाउन सबैका नगरवासीको सहभागितामा सरसफाई कार्यक्रम सञ्चालन गरिएको बताए ।

‘सरसफाई सभ्यता र संस्कारसित जोडिन्छ, हामी कति सभ्य छौ भन्ने कुरा सरसफाईबाट देखिन्छ’ उनले भने,‘समग्र नगरलाई सफा स्वच्छ बनाउन नगरभरि यो अभियान चलाउँछौ ।’
सरसफाई कार्यक्रममा सहभागी सरसफाई अभियन्ता सहित जनप्रतिनिधि, संघसंस्था, स्थानीय सबैलाई धन्यवाद दिर्दैं नगर प्रमुुख विष्टले समृद्ध नगरपालिका बनाउने अभियानमा सबैको साथ र सहयोग हुने आशा राखिएको बताए ।

नगर प्रमुख विष्टले उत्तरी क्षेत्रमा रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटन मार्ग, खल्ला मुसेट्टीसम्म सडक निर्माण, रौटेला, विष्णुमन्दिर धाम, भम्केनी धाम, कालिताल झरना, झिलमिला ताल, सिद्धनाथ मन्दिर सबै धार्मिक पर्यटकीय क्षेत्रको विकास, सिँचाई, सडक पूर्वाधार निर्माण, खानेपानी लगायतका विकासका योजना प्राथमिकताका साथ सुरु गरेका छन् ।

‘उत्तरी क्षेत्रमा नमूना वस्ती विकास गर्ने लक्ष्यका साथ विकासका योजना अघि सारेका छौ’ नगर प्रमुख विष्टले भने ।

भीनपा वडा नं. १० वडा कार्यालयले सरसफाई अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने वडा अध्यक्ष प्रमानन्द जोशीले बताए ।

‘आज नगर प्रमुखज्यू सहित सबैको सहभागितामा बृहत कार्यक्रम गरिएको छ, यसको सबै वडाबासी सम्मान गर्दछौ, अब वडा कार्यालयको अगुवाईमा कार्यक्रम सञ्चालन गर्छौ’ उनले भने ।
वडा अध्यक्ष जोशीले वडामा टोल समिति गठन गरिएको आगामी दिनमा सबै टोलमा अभियान सञ्चालन गरी सफा र स्वच्छ राखिने बताए ।

सरसफाई अभियानामा सहभागी सरसफाई अभियन्ताले सफा र स्वच्छ सहर बनाउन सरसफाई अभियानलाई निरन्तरता दिनु पर्ने सुझाव दिएका छन् ।

‘यो अभियान निकै राम्रो छ, फोहर भन्ने कुरा बढाएर सफा हुँदैन, फोहर फाल्न नै दिनु हुँदैन,’ सरसफाई अभियन्ता राजमान मानवले भनेृ,‘यसका लागि चेतना फैलाउनु पर्छ, यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्छ ।’

विश्वमा फोहरको समस्या भएका देशहले विकासको गति लिन नसकेकाले फोहर फाल्ने बानी सुधार गरी सबैले सभ्य नागरिक बन्नु पर्ने अभियन्ता मानवले बताए ।
अभियन्ताद्वय मानव र महर्जनले यस अघि २०७२ मा महेन्द्रनगर सरसफाई अभियान चलाएका थिए । उनीहरुले दोस्रो पटक महेन्द्रनगरमा सरसफाई अभियान सुरु गरेका हुन् ।

प्रकाशित मिति : शनिबार, मंसिर १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij