बुटवल : प्रदेश ५ को राजधानी बुटवल क्षेत्रमा हर्न निशेष गरिएको छ ।
ध्वनि प्रदुषण मुक्त बनाउन ट्र«ाफिक प्रहरीले बुटवल उपमहानगरपालिकासंगको सहकार्यमा यो अभियान शुभारम्भ गरेको हो ।
बुटवल उपमहानगरपालिका नगर क्षेत्रलाई शनिबारदेखि हर्न निशेष गरिएको हो । पांच नम्बर प्रदेशका प्रहरी वरिष्ठ उपरिक्षक नर बहादुर खत्रीले बुटवलका चार स्थानमा हर्न निषेध बोर्डको उद्घाटन गरे ।
बुटवल वेशक्याक्प, राजमार्ग चौराहा, पक्कि पुल र गोलपार्क गरि चार स्थानमा बोर्ड उद्घाटन गर्दै उनले ध्वानी प्रदुषण न्युनिकरणका लागि यो अभियान थालेको बताए ।
पाच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले स्थानिय सरकारसंग समन्वय गरि अभियानलाई तिव्रता दिने भन्दै उनले दैनिक रुपमा प्रचारप्रसार गरिने बताए ।
एक महिना सचेतनाको कार्यक्रम गरिने र त्यसपछि अटेर गर्नेलाई कारवाही अघि बढाईने उनले बताए । बुटवलका क्रियाशिल सामाजिक संघसंस्थाहरु र सहयोगमा अभियान सफल हुनेमा आशा उनले गरे ।
बुटवल उमपहानगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेल, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष पिताम्बर ज्ञवाली, लायन्स क्लब अफ बुटवल पछिल्लो समय सवारी साधन चापसंगै ध्वनी प्रदुषण बढेको स्थानियबाट गुनासो आएपछि ट्राफिक प्रहरीले यो अभियान शुरु गरेको हो ।
प्रहरीले बुटवलको चोकचोकमा सवारी साधनका चालकहरुलाई हर्न नबाउदा हुने फाईदाका बारेमा सचेतनामुलक पर्चापम्प्लेटिङ्ग बाड्ने काम गरेका थिए ।
यसअघि ट्राफिक प्रहरीले ध्वनि प्रदुषण नियन्त्रण गर्न ‘प्रेसर’ हर्न प्रयोग नगर्न अनुरोध गरेपनि नियन्त्रण हुन भएको थिएन ।
अभियानलाई बुटवल नगरपालिकासहित नेपालगंज, दाङ्गलाई एकैपटक हर्न निषेध घोषणा गरिएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्