सत्यवतीमा आजदेखि मेला लाग्दै, माग्नुपर्नेछ चिच्याएर वर

सत्यवतीमा आजदेखि मेला लाग्दै, माग्नुपर्नेछ चिच्याएर वर

बुटवल । पाल्पाको महत्वपूर्ण धार्मिकस्थल सत्यवतीमा बुधबारदेखि धार्मिक मेला शुरु हुँदैछ ।
कात्तिक पूर्णिमाको अवसरमा बिगतका वर्षहरुमा जस्तै तिनाउ गाउँपालिका–४,सत्यवतीमा रहेको ताल तथा मन्दिर परिसरमा यस बर्ष पनि हुन लागेको मेलाको तयारी पुरा भएको हो ।

सत्यवती ताल संरक्षण तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुनबीर गाहाले मेलालाई व्यवस्थित बनाउन बिभिन्न समिति गठन गरीएका समितिले पुर्ण तयारी गरेको जानकारी दिए ।

सत्यवती बज्यै बहिरी छन् भन्ने विश्वासले मन्दिर जाने भक्तजनले ताल र मन्दिरको परिक्रमा गर्दै जोडले चिच्याएर वर माग्छन् ।
मन्दिर पुग्नका लागि सिद्धार्थ राजमार्गबाट झण्डै दुई घण्टा लाग्छ । चतुर्दशीको दिन तालमा साल तथा बाँसको लिङ्गो गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो चिनेर पूजा गर्ने र चिच्याएर वर मागेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

यसैबिच नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज ) प्रदेश ५ ले सत्यवती तालमै पुगेर तालको अबलोकन तथा अन्तरक्रिया गरेको छ । तालको बिकास र अहिलेसम्मको अबस्था र चुनौती,सम्भाबनाको बारेमा अन्तरक्रिया भएको हो ।

नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश ५का अध्यक्ष भुवन कार्कीको अध्यक्षता तथा महासचिब कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा सत्यवती ताल संरक्षण तथा विकास समितिका अध्यक्ष सुनबिर गाहाले ताल र मन्दिरको बिकासका लागि गुरुयोजना बनाउने तयारी भएको बताए।

सत्यवती ताल संरक्षण तथा किास समितिका सचिब लाल बहादुर दर्लामीले तालकै कारण सो क्षेत्रको एकिकृत बिकास भैरहेको बताए । उनले सरकारले सत्यवतीको बिकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

महासंघका प्रदेश अध्यक्ष कार्कीले प्रदेशभित्रका पर्यटकीय सम्भाबना खोज्नका लागि सत्यवती तालमा अन्तरक्रिया गरिएको बताए । सो अबसरमा नेफ्टोजका प्रदेश पदाधिकारी,सचिबालय सदस्यहरु, स्थानीय तथा तालमा पुगेका श्रद्धालुहरु सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij