नवलपरासी : पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी जिल्लाको सुनवल ११ बडेरा स्थित धनगढिबाट काकडभित्ता जादै गरेको ना ५ ख १०९६ नम्वरको रात्री बस बुधवार बिहान २ः१५ बजे दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४१ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा कञ्चनपुर जिल्ला घर भएका वर्ष ३३ का नेपाली सेनाका जवान लोकेन्द्रबहादुर कार्कीको मृत्यु भएको हो भने अर्का मृतक अन्दाजी वर्ष ३५÷४० का पुरुषको नाम खुल्न सकेको छैन ।
त्यस्तै अन्य सामान्य तथा मध्यम घाइते भएकाहरुको बुटवल स्थित जेनस अस्पताल र लुम्विनी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
सडक किनारबाट करीव २० मिटर तल खसेको बस के कति कारणले दुर्घटना भएको हो भन्ने एकिन नभैसकेको इलाका प्रहरी कार्यालय सुनवलले वताएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्