बुटवल : स्थानिय तहमा देवानी फौजदारी संहिता ऐन र कार्य विधि विषयमा रुपन्देहीको कोटहीमाई र गैडहवा गाउँपालिकाका जनप्रतिनिधी, प्रहरी र मेलमिलापकर्ताहरुलाई अभिमुखिकरण गरीएको छ ।
कानून अन्वेषण तथा स्रोत विकाश केन्द्र सेलर्ड को आयोजना र यूके एड , सर्चफर कमन ग्राउण्ड र कोटहीमाई र गैडहवा गाउँपालिकको सहकार्यमा कार्यक्रम आयोजना गरीएको हो ।
न्यायिक समिती, प्रहरी, मेलमिलापकर्ता र जनप्रतिनिधीहरुलाई भाद्र १ गते देखी देशमा लागु भएको मुलुकी ऐन र त्यसमा भएको देवानी, फौजदारी संहिता ऐन र कार्य विधि विषयमा स्पष्ट गराई सोही अनुरुप स्थानियतहमा काम गर्नकालागी सहज गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमा सहजिकरण अधिवक्ता महेन्द्र पाण्डे, मित्रलाल लामिछाने र बाबुराम पाण्डेले गरेका थिए । कार्यक्रममा गैडहवा गाँउपालिकाका अध्यक्ष बच्चुलाल केवट,न्यायिक समिती संयोजक तथा कोटहीमाई गाउँपालिका उपाध्यक्ष भानुमति बनिया, सेलर्ड रुपन्देहीका संयोजक राधा अधिकारी भट्राई, हेमा न्यौपाने लगायतले बोलेका थिए ।
प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्