महेन्द्रनगर । भीमदत्त नगरपालिका र नेपालका लागि इजरायली राजदूतावासबीच आपशी द्विपक्षीय सहयोग आदानप्रदान सम्बन्धी छलफल गरिएको छ ।
भीमदत्त नगरपालिका कार्यालयमा नगर प्रमुख सुरेन्द्र विष्ट र इजरायली दुतावासका उपप्रमुख ताल सवरतसुमनवीच सहयोग आदानप्रदान विषयमा बैठक बसेको छ ।
बैठकमा दुतावासका उप प्रमुख ताल सवरतुमनले २०१९ सम्म भीमदत्त नगरपालिकासित सम्बन्ध विस्तार गरिने प्रतिवद्धता जनाए । पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आउने इजरायली पर्यटकको सुरक्षा, कृषि क्षेत्रमा सहयोग, नगरको विकासमा सहयोग गर्ने उपप्रमुखको भनाई थियो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले भीमदत्त नगरपालिकाले पर्यटन क्षेत्र नगरको समृद्धिको प्रमुख आधार मानिएकाले पयर्यटन क्षेत्र प्रवद्र्धका लागि सहयोग गर्न आग्रह गरे ।
‘कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएका छौ, पर्यटनलाई नगरको समृद्धिको आधार नै मानेका छौ’ नगर प्रमुख विष्टले भने, ‘कृषि क्षेत्र सहित पर्यटन प्रवद्र्धनमा सहयोगको आग्रह गर्छौ ।’
नगर प्रमुख विष्टले भीमदत्त नगरपालिका भगिनी सम्बन्ध विस्तारका लागि तयार भएको बताए । नगर प्रमुख विष्टले दुतावासका उप प्रमुख ताल सवरतुमनलाई नेपाली टोपी र खादा लगाएर स्वागत गरे ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा सहित जनप्रतिनिधि र कर्मचारी सहभागी भएका छन् ।
प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्