डाक्टरको क्षेत्रमा छानियो लोकप्रिय कार्यक्रम

डाक्टरको क्षेत्रमा छानियो लोकप्रिय कार्यक्रम

भीमदत्त र महाकाली नगरपालिकामा विपन्न र भूमिहिन परिवारका लागि आवाश निर्माण योजना

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का दुई स्थानीय तहका विपन्न र भूमिहिन वासिन्दाका लागि आवास निर्माण गरिने भएको छ । क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रसाद भट्टले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत भीमदत्त नगरपालिका र माहाकाली नगरपालिकामा आवाश निर्माण योजना बनाएका हुन् । दुबै तहमा आवाश निर्माणका लागि चालु आर्थिक वर्षमा ५०/५० लाख रुपैँया बजेट विनियोजन गरिएको छ ।

निर्वाचन क्षेत्रका दुबै प्रदेश सरकार र स्थानीय सरकारसित समन्वय गरी विपन्न र भूमिहिन परिवारका लागि आवाश निर्माण योजना छनौट गरिएको हो । प्रदेशका सभाका सदस्यद्वय प्रकाश रावल र मान बहादुर सुनार दुबैले आवाश निर्माण योजनालाई सहयोग गर्ने आश्वासन दिएका छन् ।

प्रत्यक्ष निर्वाचित साँसदलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत छुट्याएको ४ करोड बजेटका लागि क्षेत्र नं. ३ मा पर्ने भीमदत्त नगरपालिका, माहाकाली नगरपालिका र बेदकोट नगरपालिका वडा नं. ८ लाई समावेश गरी योजना छनौट गरिएका छन् ।

जिल्ला समन्वय समितिमा प्रदेश साँसद, समन्वय समितिका प्रमुख उप प्रमुख, स्थानीय तहका प्रमुख सहितको कार्यक्रम परामर्श समितिको बैठकमा छलफल गरी कार्यक्रम निर्देशक समितिले तीनै तहलाई समावेश गरी योजना छनौट गरिएको हो ।

साँसद भट्टले तीनै तहका सबै वडालाई समेटेर योजना छनौट गरेका छन् । साँसद डा. भट्टले आफ्नो क्षेत्रमा अनपेक्षित रुपमा विपन्न र भूमिहिनका लागि आवाश निर्माण योजना प्राथमिकताका साथ ल्याएका छन् ।

‘निर्वाचन प्रचारप्रसारका क्रममा विपन्न र भूमिहिन परिवारको पीडा देखेर माननीयज्यू निकै चिन्तित हुनु भएको थियो, त्यो पीडा हटाउने गरी माननीयज्यूले आवाश निर्माण प्राथमिकतामा राख्नु भएको हो’ साँसद डा. भट्टका स्वकिय सचिव नितिश कुमार भट्टले भने,‘संविधानमा आवाशको अधिकार सुरक्षित छ, संवैधानिक अधिकार सुरक्षित गर्न योजना आवश्यक छ ।’

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५ मा ५०/५० लाखका दुई ठूला योजना सहित कम्तिमा १० लाख भन्दा बढीका योजना छनौट गर्नु पर्ने प्रावधान छ ।
साँसद भट्टले आवाश निर्माण सहित शिक्षा, स्वास्थ्य, सिँचाई र विपद् व्यवस्थापनलाई मध्यनजर गरी योजना छनौट गरेका छन् । दुबै तहका सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाउन योजना छनौट गरिएका छन् ।

निर्वाचनका क्रममा डा. भट्टले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, मझगाउँ विमानस्थल सञ्चालन, माहाकाली कोरिडोर निर्माण, महाकाली अञ्चल अस्पतालालाई शिक्षण अस्पताल बनाउने, गरीब तथा भूमिहिन परिवारको व्यवस्थानि गरिने लगायतका प्रवितबद्धता गरेका थिए । साँसद भट्टका स्वकिय सचिव भट्टले निर्वाचनमा गरिएका प्रतिवद्धता अनुसार ठूलो आयोजनाका साँसदले पहलकदमी गरिरहेको जानकारी दिए ।

डा. भट्टको पहलमा दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकीको सम्भाव्यता अध्ययन, महाकाली कोरिडोरको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया सुरु, महाकाली अञ्चल अस्पतालमा चिकित्सक दरबन्दी बढाउन पहल लगायतका कार्य गरिएका छन् । डा. भट्टको पहलमा अस्पतालमा १२ डाक्टर पुगेका छन् ।

साँसद भट्टको पहलमा शुक्लाफाँटा पर्यटन मार्गको विस्तृत परियोजना (डिपिआर) बनाउने योजना रातो किताबमा समावेश गरिएको छ । सुदूरपश्चिम प्रदेशलाई भारत र चिनको त्रिदेशशीय नाका बनाउने लक्ष्य सहित महाकाली कोरिडोर निर्माण गर्न लागिएको हो । नेकपाका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको पालामा २०६६ मा कोरिडोर निर्माण सुरु गरिएको हो । ब्रह्मदेबबाट दार्चुलाको टिङ्कर हुँदै तिब्बत जोड्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij