बुटवल कालिका क्याम्पसमा बिसीए कक्षा सुरु

बुटवल कालिका क्याम्पसमा बिसीए कक्षा सुरु

बुटवल । बुटवल कालिका क्याम्पसमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी ब्याच्लर ईन कम्प्युटर एप्लीकेशन (बिसीए) को पढाई सुरु भएको छ ।

विसीए कक्षाको बिहिबार औपचारिक रुपमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै मेयर सुवेदीले बुटवलका सबै विद्यालयहरुमा एकै प्रकृतिको शिक्षा प्रदान गर्ने गरी दिर्घकालिन गुरुयोजना बनाएर अगाडी बढ्न लागेको बताएका थिए । उनले कक्षा १२ पछि प्रत्येक विद्यार्थीले आय आर्जन गर्न सक्ने गरी शिक्षालाई व्यवाहारमुखि बनाउदै लैजाने योजना नगरले बनाएको बताए ।

उनले बुटवल कालिका क्याम्पसमा २१ औ शताब्दी सुहाउँदो प्राविधिक शिक्षा सुभारम्भ गरेर आफैमा गौरवपुर्ण काम गरेको बताएका थिए । कार्यक्रममा बोल्दै बुटवल कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठकले पछिल्लो समयमा रोजगार मैत्री कम्प्युटर विषयमा अध्ययन गराउन पाउँदा आफैमा गौरव लागेको बताए । उनले कालिका क्याम्पसलाई सामुदायिक नमुना क्याम्पस मात्र नभएर विश्व विद्यालयकै स्तरमा अगाडी बढाउने गरी दिर्घकालिन योजना बनाएको बताएका थिए ।

उनले भने–‘निम्न आयस्तर भएका अभिभावका छोराछोरीहरुको लागि एउटा विश्वविद्यालयको रुपमा कालिकालाई खडा गर्ने योजनामा लागेका छौ ।’ अहिले क्याम्पस तर्फ विविएस चार बर्षे कोर्स कालिकाले सञ्चालन गर्दै आएको छ भने यस बर्ष देखि बिसीएमा पनि कक्षा सुभारम्भ गरेको हो ।

बुटवल कालिका क्याम्पस विविए संयोजक तथा कालिका मानवज्ञान माविका सहायक प्रधानाध्यापक दिनेश थापाका अनुसार कक्षा १ देखि १२ सम्म नेपाली र अग्रेजी माध्यममा अध्यापन हुदै आएको छ ।

क्याम्पसको विविएसमा अहिले ४ सय ८० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् भने विसीएमा त्रिभुवन विश्व विद्यालयको निर्धारित कोटा अनुसार ३५ जना विद्यार्थी हाल भर्ना भएका हुन ।
८ वटा सेमेष्टर प्रणालीमा सकिने विसिए कोर्ष पढ्न एक सेमेष्टरको ४० हजारका दरले कुल ३ लाख २० हजार रुपैयाँमा विसीए कोष पुरा हुने विविएस संयोजक थापाले जानकारी दिए ।

कार्यक्रमा बोल्दै कालिका मानवज्ञान मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहदादुर गलामीले सबैको साथ र सहयोगले कालिमा मानवज्ञान नमुना बन्दै गएको बताएका थिए ।

यस्तै कार्यक्रममा बुटवल कालिका क्याम्पस क्याम्पस सभा सदस्य प्राध्यापक आनन्दमान शाक्य, अर्का प्राध्यापक रामलाल श्रेष्ठ, बुटवल कालिका क्याम्पस सञ्चालक समिति अध्यक्ष रामचन्द्र खनाल क्षेत्री, विद्यार्थी प्रशन्न पौडेल लगायतले बालेका थिए ।

प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij