५ हजार शिक्षक-कर्मचारीले मन्त्रालय घेर्ने (भिडियोसहित)

५ हजार शिक्षक-कर्मचारीले मन्त्रालय घेर्ने (भिडियोसहित)

बुटवल । आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश नम्बरको अस्थायी राजधानी बुटवलमा विरोध प्रदर्शन सहित सामाजिक बिकास मन्त्रालय घेराउ गर्ने भएको छ ।
आफ्ना मागहरु प्रति सरकारले बेवास्ता गरेको र पटक पटक ध्यानर्कषण गराउदा समेत कुनै सुनुवाई नभएपछि थप आन्दोलन गर्ने जनाएको हो ।

रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा पत्रकार सम्मेलन गर्दै शिक्षक महासंघले बुटवलमा बिशाल प्रदर्शन गर्ने र माग सम्बोधनका लागि सरकारलाइ दबाब दिने बताएको छ ।शिक्षक महासंघका प्रदेश संयोजक प्रेम भण्डारीले शिक्षकका माग पुरा नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

शिक्षक महासंघले विभिन्न २६ सुत्रियमाग राख्दै पटक पटक सरकारको ध्यानर्कषण गराउदै आएको छ ।महासंघ तेश्रँे चरणको आन्दोलनमा रहेको छ । प्रदेशका ५ हजार शिक्षक—कर्मचारी उत्रारेर बुटवलमा प्रर्दशन गर्ने र प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालय घेराउ गर्ने जनाएको उनले जानकारी दिए ।

महासंघले रुपन्देही जिल्लामा रहेका सबै सामुदायिक विद्यालयहरु समेत बन्द गर्दै आन्दोलनमा सहभागिता जनाउन सबैलाइ आग्रह गरेको छ ।महासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्य लाई रोक्न स्थानिय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग राखेको छ ।

तत्कालिन उच्च मावि मा कार्यरत शिक्षकहरुको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने,राहात शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरुको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायत उनीहरुको माग छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij