बुटवल । आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश ५ को सामाजिक बिकास मन्त्रालय घेराउ गरेका छन् ।
पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार उनीहरुले रुपन्देहीमा सबै सामुदायिक बिद्यालय बन्द गरेर बुटवलमा बिरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरिरहेका छन् । बिहान १० बजे राजमार्ग चौराहाबाट बिरोध प्रदर्शन सहित मन्त्रालय परिषरमा पुगेको र्यालीले मन्त्रालय घेराउ गर्दै नाराबाजी समेत गरिरहेको छ ।
आफ्ना मागहरु प्रति सरकारले बेवास्ता गरेको र पटक पटक ध्यानर्कषण गराउदा समेत कुनै सुनुवाई नभएपछि महासंघले आन्दोलन गरेको शिक्षक महासंघका प्रदेश संयोजक प्रेम भण्डारीले बताए ।माग सम्बोधनका लागि सरकारलाइ दबाब दिन बिरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरिएको उनको भनाइ छ । शिक्षकका माग पुरा नभए अझै कडा आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी समेत दिए ।
शिक्षक महासंघले विभिन्न २६ सुत्रियमाग राख्दै पटक पटक सरकारको ध्यानर्कषण गराउदै आएको छ ।महासंघ तेश्रो चरणको आन्दोलनमा रहेको छ । प्रदेशका झण्डै ५ हजार शिक्षक—कर्मचारी आन्दोलनमा उत्रेको महासंघको दाबि छ ।महासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्य लाई रोक्न स्थानिय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग राखेको छ ।
तत्कालिन उच्च मावि मा कार्यरत शिक्षकहरुको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने,राहात शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरुको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायत उनीहरुको माग छ ।
महासंघले रुपन्देही जिल्लामा रहेका सबै सामुदायिक विद्यालयहरु समेत बन्द गर्दै आन्दोलनमा सहभागिता जनाउन सबैलाइ आग्रह गरेपछि बिद्यालय बन्द गरेर शिक्षक—कर्मचारी आन्दोलनमा सहभागि भएका छन् ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्