बुटवल : बुटवल उपमानगरपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गरी मोतिपुर समेलार क्षेत्रलाई अर्गानिक कृषि जोनका रुपमा विकास गर्ने भएको छ ।
कृषियोग्य जमिनको वर्गिकरण गर्दै त्यहाँको खेतीका सम्भावना र पशुपालनको अवस्था र विस्तारका बारेमा समेत अध्यय्न गर्दै यस्तो कार्यक्रम अगाडि बढाउने तयारीमा उपमहानगरपालिका रहेको छ ।
उपमहानगरको तिनाउ यताको बजार क्षेत्रको भूभाग भन्दा कैयौं गुणा धेरै क्षेत्रफल यो प्रस्तावित क्षेत्रमा रहेको छ । उपमहानगरले यीनै वडा नं. १३–१९ का क्षेत्रहरुमा सम्भाव्यता अध्ययन गरेको छ ।
माटो र मौसम अनुसारका अर्गानिक कृषि र पशुपालनका कार्यलाई अगाडि बढाउन अध्यय्न भइरहेको उपमहानगरपालिकाका पष्मुक शिवराज सुवेदीले जानकारी दिए । कृषि तथा पशुपालनलाई व्यवसायिक र आधुनिक बनाउने उपमहानगरको योजना रहेको बताउँदै उनले चालु आर्थिक बर्षमा यस्लाई प्रथमिकतासमेत दिइएको बताए ।
बुटवल उपमानगरपालिकाले सञ्चालन गरेका र गर्न लागेका कृषि तथा पशु विकास कार्यक्रमको बारेमा जानकारी दिन शुक्रबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उपमानगरपालिका प्रमुख सुवेदीले कार्यक्रमका बारेमा जानकारी गराए ।
उक्त कार्यक्रममा यहाँका उद्यमी, किसान, अगुवा नागरिक, विज्ञ र सहकारीकर्मीहरुको सहभागिता थियो ।
उनले पछिल्लो समयमा विभिन्न व्याक्तिहरुमा विषादी तरकारी र खाद्यान्न उपभोगबाट मृगौला, मुटु, फोक्सो सम्बन्धी समस्या तथा रोग देखिएको भन्दै यसलाई नियन्त्रण गर्नको लागि पनि एउटा क्षेत्रलाई विशेष क्षेत्रको रुपमा विकास गर्न लागिएको उल्लेख गरे ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उपमानगरपालिकाकी उप प्रमुख गुमादेवी आचार्यले विषादीरहित खेतीको पकेट क्षेत्र र ग्रीन हाउससहितको विशेष क्षेत्र निर्माण गरी पाईलट प्लान सुरु हुन लागेको बताईन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले किसानबाट आएका प्रस्तावहरुलाई छलफलको रुपमा विकास गरी एउटा निश्चित योजना बनाएर नगरपालिका अगाडि बढ्ने बताए ।
उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले किसानहरुको बास्तविक समस्या के हो भन्ने विषयमा पहिचान गरी उनीहरुको उत्थानमा नगरपालिकाले कुनै पनि कमी नराख्ने बताए । उनले किसानहरुका समस्यालाई टिपोट गर्नका लागि प्राविधिकहरुलाई समेत खटाउन लागिएको बताए ।
उपमहानगरको कृषि विकास शाखाले हालसम्म गरेका कार्यहरु र आगामी दिनमा गर्ने कार्यक्रमको बारमा कृषि विकास शाखा बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माले प्रस्तुतीकरण गरे ।
यस्तै नगरपालिकाले विग्रीएको बोरिङ्गहरुमर्मत संहार, कृषक पाठशाला सञ्चालन लगायतको योजना बनाएको छ ।
यस्तै किसानहरुको धान धितोमा रखेर सहकारी संस्थामार्फत कार्य गर्नको लागि २ लाख ५० हजार रुपैयाँ रकम समेत विनियोजना गरिएको छ ।
कृषि थोक बजारको थप स्तर उन्नती, करेशावारी खेती, करेशावारी च्याउ विकास कार्यक्रम, मौरी विकास कार्यक्रम, धानको विउमामा अनुदान, गहुँको विकाउमा अनुदान र नयाँ प्रविधिको विकास लगायतका कार्यक्रमहरु यो बर्षको कृषि विकास शाखाले समेटको छ ।
यस्तै बुटवल उपमानगरपालिका पशु विकास शाखा प्रमुख पशुपक्षि विकास अभिकृत झविन्द्र बन्जाडेले उत्पादनमा आधारिक अनुदान दिने, पशु आहरा, पशु सेवा विस्तार, कृतिम गर्भाधान लगायतका कार्यक्रमहरु यसय बर्षको बजेटमा व्यवस्थापन गरिएको बताए ।
पशु बधसाला सञ्चालनको लागि योजान अगाडी बढिएको जानकारी दिदै उहाँले घाँस वाली विस्तार सेवा, पशुपन्छी रोग नियन्त्रण सेवालगायतको सेवा विस्तार गर्ने योजना बनाइएको विवरण पेश गरे ।
कार्यक्रममा अगुवा युवा तथा कृषि क्षेत्रका जानकार देवराज पोखरेल, गोपाल पौडेल, द्वारिका पौडेल, शिव नेपाल, चन्द्रसिंह थापा, थानेश्वर पाण्डेलगायतकाले योजनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहकार्यको खाँचो रहेको बताउनुभयो । किसानहरुले पशुमा क्रित्रीम गर्भाधान गराउँदा प्रभावकारी नभएको र धेरै पैसा खेर गइरहेको भन्दै अनुदानको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्