कपिलवस्तुमा स्थिति अनियन्त्रित, स्थानीयले गरे आगजनी

कपिलवस्तुमा स्थिति अनियन्त्रित, स्थानीयले गरे आगजनी

कपिलवस्तु । गएराती एक नेताको हत्या भएपछि कपिलवस्तुको शुद्धोधनमा स्थिति अनियन्त्रित भएको छ । स्थानीयबीच भएको विवादका क्रममा गोली चलेको र त्यहीक्रममा प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका शुद्धोधन गाउँपालिका–४, मोतीभारी का २८ वर्षीय राजाबाबु भनिने दीपेन्द्रकुमार चौधरी हत्या भएको थियो ।

हत्याको आरोप लागेका अजित पाण्डेको प्रमिला पेट्रोल पम्पमा आगजनी गर्न जाने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ। स्थानीयले पाण्डेको कम्पाइन र ट्याक्टरमा आगजनी गरेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरीको लाठीचार्जबाट केही स्थानीय घाइते भएका छन् । मृतकका आफन्तले लुम्बिनी तौलिहवा सडक खण्ड अहिले बन्द गरेका छन ।

स्थानीयहरुबीच विवाद हुँदा राति करिब साढे १० बजे चौधरीमाथि गोली प्रहार भएको कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युत पुडासैनीले बताए। हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ। चौधरी प्रदेशसभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं‍. १ (ख)मा स्वतन्त्र उम्मेदवार थिए।

प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij