राजाबाबु हत्या : २ जना पक्राउ, भीड नियन्त्रण गर्न प्रहरीले चलायो गोली

राजाबाबु हत्या : २ जना पक्राउ, भीड नियन्त्रण गर्न प्रहरीले चलायो गोली

कपिलवस्तु । प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका शुद्धोधन गाउँपालिका–४, मोतीभारी का २८ वर्षीय राजाबाबु भनिने दीपेन्द्रकुमार चौधरीको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । तर प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन ।

स्थानीयहरुबीच पारिवारिक झगडाका क्रममा गोली चलेको र त्यसैक्रममा चौधरीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकारीले जनाए ।

अहिले घटनास्थल वरपर स्थिति अनियन्त्रित बनेको छ। गोली चलाएको आरोप लागेका स्थानीय अजित पाण्डेको पेट्रोल पम्पमा आगजनी गर्न जाँदै गरेको भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ ।

प्रहरीले रबरका गोली चलाएको छ भने अश्रुग्याँस प्रहार गरेको छ । आफन्तहरुले तौलिहवा-लुम्बिनी सडक अवरुद्ध गरेका छन्।

प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij