बुटवल :रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी कासाई ग्लाडियटर्स ले जितेको छ ।
जीत संगै उसले नगद ३ लाख सहित प्राप्त गरेको हो । शनिवार भएको फाईनल प्रतिष्पार्धामा रोयल शंकरनगर लाई पराजीत गर्दै उपाधि रक्षा गरेको हो ।
टस जितेर पहिला ब्याटिङ्ग रोजेको लुम्बिनी कसाई पुरै ओभर खेल्दै कुल १ सय ४६ रन रनको योगफल तयार पारेको थियो । १ सय ४७ रनको टार्गेट लिएर जवाफी व्याटिङ्गमा उत्रीएको रोयल शंकर नगरले आफ्ना सबै विकेट गुमाएर मात्र ८५ रन मात्रै बनाउन सफल भएको हो ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजानमा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको हो ।
प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्