प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान हुने

प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान हुने

काठमाडाै : राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू (छैटौँ) ले प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान सञ्चालन गर्नेभएको छ । प्रदेश नं २ अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसाका घटनाले पछाडि परेकाले अभियान सञ्चालन गर्न लागिएको छैटौँका अध्यक्ष विमल पोखरेलले जानकारी दिए ।

उनका अनुसार प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यही मङ्सिर १५ देखि पुस १५ सम्म अभियान सञ्चालन हुनेछ ।

प्रदेशका सबै जिल्लामा छोरीलाई पढाउन र दाइजो प्रथा हटाउन जनचेतनामूलक ‘सडक नाटक’ प्रदर्शन गर्ने र अन्तक्र्रिया कार्यक्रम गरिने उहाँले जानकारी गराए । अखिलले अभियानमा सहभागी हुन, सहयोग गर्न सम्बन्धित प्रदेशका सम्पूर्ण विद्यार्र्थी, शिक्षक, अभिभावक र आम जनसमुदायमा अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij