इलाम: इलामको माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर ५ लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइएको छ।
वडाध्यक्ष अध्यक्ष नेरन्द्र राईका अनुसार कामकाजी भाषाका रूपमा ‘लिम्बू भाषा’ कार्यान्वयनको औपचारिक घोषणा इलाम क्षेत्र नं २ का प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले विहीबार गरेका छन्।
उनका अनुसार वडामा दोभाषे कर्मचारी नभए पनि ‘लिम्बू भाषा’ र ‘किराँत सिरिजङ्घा लिपि’ को आधार क्षेत्र भएकाले माङ्सेबुङबाटै सरकारी कामकाजमा ‘लिम्बू भाषा’ प्रयोगमा ल्याइएको हो।
कात्तिक १५ गते वडामा बसेको विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र सङ्घसंस्थाको संयुक्त बैठकले नेपालमै पहिलोपटक ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो।
वडाध्यक्ष राईका अनुसार सो क्षेत्रमा ६० प्रतिशत लिम्बू र ४० प्रतिशत अन्य जातिको बसोबास रहेको छ। तत्काल लिम्बू भाषा जान्ने स्थानीय पाँच स्वयंसेवकबाट सहयोग लिइने र त्यसका लागि स्वयंसेवक समितिसमेत गठन गरिएको राईले बताए।
गाउँपालिकाबाट दोभाषे कर्मचारी नियुक्त नभएसम्म स्वयंसेवकका रूपमा दिलहाङ शेर्मा, इन्द्र आङदेम्बे, ललितचन्द्र फियाक, सञ्चहाङ साम्बहाम्फे र केशेहाङ्मा थेगीमले काम गर्ने वडाले जानकारी दिएको छ।
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्