सुरु भयो जानकी मन्दिर सौन्दर्यकरण योजना

सुरु भयो जानकी मन्दिर सौन्दर्यकरण योजना

जनकपुर : जानकी मन्दिर सौन्दर्यकरणको योजनाको शिलान्यास गरिएको छ । प्रदेश २ सरकारले मुख्यमन्त्री स्वच्छता अभियानको औपचारिक रुपमा शुभारम्भ गर्दै बिहीबार जानकी मन्दिर सौन्दर्यकरण योजनाको शिलायन्स गरेको हो ।

जानकी मन्दिर सौन्दर्यकरणको शिलान्यास गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले चलाएको मुख्यमन्त्री स्वच्छता अभियानको यो पहिलो कार्यक्रम रहेको बताए ।

प्रदेश २ सरकारको विकास निर्माण कार्यको सुरुवात पवित्र भूमि जानकी मन्दिरबाट गर्ने योजना अनुरुप मन्दिरको सौन्दर्यकरण योजना शिलान्यास भएको मुख्यमन्त्री राउतले बताए ।

‘माता जानकीको यो पवित्र तथा पावन भूमिबाट विकास निर्माणको कार्य सुरु ग¥यो भने कुनै शक्तिले रोक्न सक्दैन’ उनले भने, ‘जानकी मन्दिरको विकासले प्रदेश २ आर्थिक समृद्धि समेत पाउन सक्छ ।’

मुख्यमन्त्री राउतले भने, ‘जानकी मन्दिरलाई विकास गर्दा करोडौँ धार्मिक पर्यटक जनकपुर भित्र्न सक्छन र यसलाई संसारभरि नै चिनाउन सकिन्छ ।’

प्रदेश २ सरकारले जानकी मन्दिरलाई विश्व सम्पदामा चिनाउन हरसम्भव प्रयासरत रहने भन्दै राउतले सौन्दर्यकरणको लागी सरकारद्वारा छु्ट्याइएको ७ करोड २१ लाख रुपैयाँ मात्र नभई यो भन्दा दोब्बर रकम दिने प्रतिबद्धता समेत जनाए ।

जानकी मन्दिरको सौन्दर्यकरण योजना अन्तर्गत प्रदेश सरकारले दिएको ७ करोड २१ लाख रकममा मन्दिर परिसरमा मार्बल–टायल्स ओछ्याउने, मन्दिरको तीनवटा प्रमुखद्वारलाई सौन्दर्यकरण गर्ने योजना रहेको जनाइएको छ ।

जानकी मन्दिर सौन्दर्यकरणको शिलान्यास कार्यमा जनकपुरका २१ महिलाले ऐतिहासिक गंगासागरबाट कलश यात्रा गरी गंगाजल ल्याएका थिए । मिथिलाको पहिरन धोतीकुर्ता, दोप्टा र पागमा सजेका ५४ जना पण्डितले शिलान्यासमा मन्त्रोच्चारण गरे ।

जनकपुरको एक मात्र संस्कृत कलेज हजारी जनक विद्यापिठका वेद पढ्ने विद्यार्थीहरुले शिलान्यासमा मन्त्रोच्चारण गरेको बेला मुख्यमन्त्री राउतले शिलान्यासको पूजा गरेका छन् ।

प्रदेश सरकारद्वारा सम्पूर्ण व्यवस्थापन गरिएको शिलान्यास कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको अध्यक्षता रहेको थियो भने कार्यक्रममा भौतिक मन्त्री जितेन्द्र सोनल, प्रदेशका सांसद र भारतीय दुतावासका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij