बुटवल । प्रदेश ५ प्रहरी प्रमुख पिताम्बर अधिकारीले पाल्पा–रुपन्देहीमा चल्ने टिप्परलाई टाइम कार्ड लगाएर कार्यालय समयमा चल्न नदिने बताएका छन् । बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले टिप्परहरुले दुर्घटना बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न कार्यालय समयमा टिप्पर चल्न नदिने बताए।
उनले भने–कम्पनीबाट चल्ने टिप्परहरुलाई नियमन गर्नका लागि पनि कानुनी हिसाबले छलफल भइरहेको छ, अब टाइमकार्ड लागू गरेर दुर्घटना न्यूनीकरण गर्ने काम पनि अघि बढ्छ । खासगरी विद्यालय समयमा टिप्पर र ठूला गाडी चल्न दिइनेछैन ।
उनका अनुसार प्रदेश ५ प्रहरीले थोरै जनशक्तिका बाबजुत पनि सुरक्षा दिन प्रयास गरिरहेको भन्दै प्रदेशस्तरीय प्रयोगशाला नेपालगञ्जमा निर्माण भइरहेको बताए ।
प्रयोगशाला बनेपछि अपराध अनुसन्धानमा सहजता आउने उनको विश्वास छ ।
हेरौ भिडियो ।
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्