बुटवल । बुटवलमा शनिबारदेखि अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । स्मृति स्पोर्टर्स क्लब, तिलोत्तमाले प्रथम स्मृतिकप अन्तर विद्यालय नकआउट छात्र फुटबल प्रतियोगिता गर्न लागेको हो ।
विद्यालयस्तरबाटै खेलकूदको विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । क्लबका अध्यक्ष महेश खनालले प्रतियोगितामा रूपन्देहीको संस्थागत र निजी विद्यालयका गरी २७ विद्यालय सहभागी हुने जानकारी दिए ।
‘यो प्रतियोगिता विद्यालय स्तरीय सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता हो ।’ खनालले भने । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार १ सय ११ रूपैयाँ मेडल र प्रमाणपत्र पाउनेछन ।
त्यस्तै द्वितीयले नगद २५ हजार १ सय ११ रूपैयाँ प्राप्त गर्नेछ । विभिन्न पाँच विद्यामा पनि खेलाडीलाई पुरस्कृत गरिने छ ।
प्रतियोगिताको टिम दर्ता शुल्क ५ हजार रूपैयाँ राखिएको छ ।
प्रतियोगिता मंसिर २९ गतेसम्म चल्नेछ । बिहान र बेलुका गरी दैनिक २ खेल खेलाइने छ । विद्यार्थीहरूको पढाईमा कुनै बाधा नपुगोस भनेर दुई चरणका खेल खेलाइन लागेको स्मृति बोर्डिङ स्कूलका प्रिन्सिपल हरि ज्ञवालीले जानकारी दिए ।
प्रतियोगिताको सह–आयोजक एन्फा एकेडेमी रहेको छ । प्रतियोगिता शनिबार दिउँसो साढे दुई बजे प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम छ ।
यो प्रतियोगितालाई स्मृति स्पोर्टर्स क्लबले प्रत्येक वर्ष सञ्चालन गरी उत्सवका रूपमा अगाडि बढाउने स्मृति बोर्डिङ स्कूलका सल्लाहकार तुलसीप्रसाद सापकोटाले बताए ।
विद्यालयका निर्देशक विष्णु थापाले खेलको विकासका लागि यस्ता प्रतियोगिताहरू विद्यालयहरू नियमित रूपमा गर्न आवश्यक रहेको बताए । प्रतियोगिताको प्रथम पुरस्कारको सौजन्य फोर नेशन इन्टरनेशनल बुटवलले गरेको छ भने, द्वितीय पुरस्कारको व्यवस्था नसिभ गार्मेन्टले गरेका छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्