सडक किनारका छाप्रा हटाइए

सडक किनारका छाप्रा हटाइए

महेन्द्रनगर । पूर्व पश्चिम राजमार्गको महेन्द्रनगर गड्डाचौकी सडक खण्ड किनारमा राखिएका खोका छाप्रा हटाइएका छन् । भीमदत्त नगरपालिका वडा नं. ४ वडा कार्यालयले प्रहरीको सहयोगमा नेपाल विद्युत प्राधिकरण कार्यालयदेखि सडक डिभिजन कार्यालय कार्यालयसम्मका खोका छाप्रा हटाएको हो ।

वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मीदत्त बोहराले सडक किनारमा राखिएका खोका छाप्राले सडक ट्राफिक व्यवस्थापनमा समस्या आएपछि खोका छाप्रा हटाएर सडक किनार खाली गरिएको बताए ।

‘सडक किनारमा राखिएका खोका छाप्राले सवारी सञ्चालनमा समस्या आयो, सवारी दुर्घटनाको जोखिम देखियो’ वडा अध्यक्ष बोहराले भने,‘ट्राफिक व्यवस्थापनका लागि खोका छाप्रा हटाएका हौ ।’
विद्युतदेखि सडक डिभिजन कार्यालयसम्म राखिएका एक दर्जन खोका छाप्रा हटाइएको वडा अध्यक्ष बोहराले जानकारी दिए ।

सडक किनारका चार खोकालाई नगरपालिका कार्यालयमा ल्याइएको छ भने अन्य खोका छाप्रा व्यवसायी आफैंले हटाएर लगेका छन् ।
वडा अध्यक्ष बोहराको नेतृत्वमा वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले खोका छाप्रा हटाउन सहयोग गरेको छ ।

वडा कार्यालयले यस अघि सडक किनारका खोका छाप्रा हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको थियो । वडा कार्यालयले दिएको समय अवधिभित्र खोका छाप्रा नहटाएपछि अध्यक्ष बोहराको नेतृत्वमा हटाएको हो ।

‘ती संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक निकालेका थियौ, त्यस अनुसार खोका छाप्रा हटाइएन’ उनले भने,‘तोकिएको समयभित्र नहटाएपछि आज हटाएका हौ ।’
वडा अध्यक्ष बोहराले सडक किनार र बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सबै खोका छाप्रा हटाइने जानकारी दिए ।

महेन्द्रनगर बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका ठेला होटेल ओपेरा पश्चिमको कर्मचारी मिलन केन्द्रमा व्यवस्थापन गरिएका छन् ।

प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij