JanataToday.com

Advertisment

SKIP THIS

जमिनको अस्वाभाविक मूल्यवृद्धिले नयाँ उद्योग स्थापनामा अप्ठेरो : मुख्यमन्त्री

जमिनको अस्वाभाविक मूल्यवृद्धिले नयाँ उद्योग स्थापनामा अप्ठेरो : मुख्यमन्त्री

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जमीनको अस्वभाविक मूल्यवृद्धिले नयाँ उद्योग स्थापनाका लागि अप्ठेरो भइरहेको बताएका छन् ।

जमिनमा बढेको अस्वाभाविक मूल्यवृद्धिले नयाँ उद्योगी स्थापित हुन अप्ठेरो भएको बताउंदै उनले प्रदेश सरकार उद्योगीका सबै समस्या समाधान गर्ने गरी उद्योगमैत्री कानुन निर्माणमा लागेको बताए ।
रुपन्देही उद्योग संघको ४१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ट्रेडको विजनेशलाई कम गर्दै उत्पादनमुलक उद्योगको विकास र व्यवसायको जर्गेना गर्न नसक्दासम्म देशको आर्थिक विकास तथा औद्योगिकिकरण हुन नसक्ने बताउनु भयो । उनले बदलिँदो परिस्थिति अनुसार प्रविधिको उपयोग र परम्परागत प्रणालीको विस्थापन आजका उद्योगहरुको समस्या भएको जिकिर गरे ।

उनले प्रदेश सरकारले औद्योगिक विकासका लागि औद्योगिक क्षेत्रको स्थापना र रहेका क्षेत्रहरुको संरक्षणको कसरी गर्न सकिन्छ भनेर गम्भिरतापूर्वक अध्ययन गरिरहेका बताउँदै प्रदेश सरकारको जिम्मामा नआउने औद्योगिक क्षेत्रहरुको बारेमा कुनै काम गर्न नसक्ने स्मरण गराए ।

मुख्यमन्त्री पोखरेलले उद्योग स्थापनाका लागि भू स्वामित्व तथा भूमिको वर्गिकरणका विषयमा रहेको अन्यौलता नहड्दासम्म समस्या यस्तै रहिरहने जिकिर गर्दै उद्योगीहरुमा सामुहिकताको भावनाको विकास गर्न आग्रह गरे ।

पोखरेलले औद्योगिकरण र लगानीमैत्री वातावरण बनाउन जमिन व्यवस्थापन मुख्य चुनौती रहेको बताउदै नाकाबन्दीको समयदेखि रुपन्देही लगानीका हिसाबले सुरक्षित भएको सकारात्मक सन्देश गएको र यहाँ औद्योगिक क्षेत्र स्थापनाका लागि धेरैको चासो बढेपनि सामुहिक भावनाको कमीले समस्या बढेको विचार व्यक्त गरे ।

कार्यक्रममा विशिष्ठ अतिथि प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले उद्योगीहरुलाई करको दायरामा आएर सरकारलाई सहयोग गर्न आग्रह गर्र्दै उद्योगमैत्री नीति निर्माण भइरहेकाले छलफलमा आउन अनुरोध गरे ।

उनले उद्योगीले संचालन गर्ने प्रदर्शनीमा विदेशी उत्पादनलाई निरुत्साहित गर्न आग्रह गर्दै त्यसप्रकारका उद्योगमा लगानी बढाउन उद्योगीहरुलाई सुझाव दिए ।

नेपाल उद्योग परिसंघका प्रदेश ५ संयोजक एजाज आलमले उद्योगी व्यवसायी फाइल बोकेर अहिले पनि संघीय राजधानी धाउनुपरेको बताउदै प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीको अध्यक्षता, सचिव जीवकान्त काफ्लेको संचालन, वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराको स्वागत तथा प्रथम उपाध्यक्ष माधव पौडेलको धन्यवादमा भएको कार्यक्रममा प्रदेश सांसद कृष्ण न्यौपाने, उद्योग संघका पूर्व अध्यक्षहरु महेन्द्रनारायण श्रेष्ठ, बोनिन पिया, दिनेशराज रेग्मी, उत्कृष्ठ उद्योगी भुपालकुमार श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष भेषराज विनाडी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, पुरस्कृत पत्रकार तेजेन्द्र केसी लगायत बोलेका थिए ।

विभिन्न व्यक्तिहरुलाई सम्मान
रुपन्देही उद्योग संघले आफ्नो त्रिदिवशीय कार्यक्रम अन्तरगत ४१ औं स्थापना एंव औद्योगिक दिवशको अन्तिम दिन शनिवार विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ ।

सो अवसरमा यस क्षेत्रका सदस्य उद्योगहरु मध्येबाट विभिन्न प्रकृतिका १२ उद्योगहरुलाई सम्मान गर्नुकासाथै उत्कृष्ठ औद्योगिक पत्रकारिता पुरस्कार–२०७४ वितरण गरिएको थियो ।

यसैगरि सदस्य उद्योगहरुमा कार्यरत कर्मचारीका छोराछोरी २ जना र १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको टिकटबाट शिक्षा क्षेत्रका लागि छुट्याईको रकम, नगरपालिका हरियाली कोषको रकम र मुटु अस्पताललाई छुट्याईएको रकम हस्तान्तरण पनि गरिएको थियो ।

संघले आफ्नो स्थापना दिवशका अवसरमा प्रत्येक बर्ष यस क्षेत्रका सदस्य उद्योगहरु मध्येबाट उत्कृष्ठ छनौट गरि सम्मान गर्ने गरेको परम्परालाई अगाडी बढाउदै यस बर्ष १२ वटा उद्योगहरुलाई सम्मान प्रदान गरेको थियो ।

यसरी सम्मानित हुने उद्योगहरुमा ठूला उद्योगहरुमध्येबाट जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रा.ली, मझौला उद्योगहरुबाट युनाइटेड प्लाष्टिक इण्डष्ट्रिज प्रा.ली, साना उद्योगहरुबाट ज्याक्वर इण्डष्ट्रिज, घरेलु उद्योगहरुबाट तिनाउ शुज उद्योग, कृषि तथा पशुजन्य उद्योगहरुबाट एजी प्रोडक्सन ग्रुप, उत्कृष्ट रोजगारदाता उद्योगहरुबाट एस. के. इन्जिनियरिङ, रिसाइक्लिन उद्योगहरुबाट स्पीड इनर्जी इण्डष्ट्रिज प्रा.ली, महिला उद्योमीहरुबाट यमुना चापागाई भगवती महिला चुरा उद्योग, युवा उद्यमीहरुबाट मनोज जिसी सिटीपी हाउस, उत्कृष्ट प्रविधि उद्यापादन उद्योगहरुबाट थापा इन्जिनियरिङ प्रा.ली., वाताबरणमैत्री उद्योगहरुबाट ग्रेस फर्मास्युटिकलल्स प्रा.ली र प्रोसेसिङ उद्योगहरुबाट सुपर क्वालिटी मिट प्रोसेसिङ इण्डष्ट्रिज प्रा.ली. रहेका छन् ।

सम्मानित उद्योगहरुका प्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेल, विशिष्ठ अतिथि प्रदेश नं. ५ का उद्योग, वन तथा बातावरण मन्त्री लिला गिरी र संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान स्वरुप सम्मानपत्र, दोसल्ला तथा माला र टिका लगाइ दिएका थिए ।

यसैगरि सोही कार्यक्रममा यस क्षेत्रमा रहेर औद्योगिक विकासका लागि कलम चलाउने सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्ने गरि २०५७ सालमा रुपन्देही उद्योग संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७४ बाट दैनिक पत्रमा कार्यरत तेजेन्द्र केसीलाई नगद ३५ हजार ५ सय ५५ सहित प्रशंसापत्रबाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा १४ औद्योगिक प्रदर्शनीको प्रवेश टिकटबाट शिक्षा, स्वाश्थ्य र वातावरण क्षेत्रका लागि छुट्याइएको रकम मध्येबाट ज्ञानज्योती पुस्तकालय, मिलनचोकलाई रु. २५ हजार, लक्ष्मी मा.वि, बुटवललाई २ सेट कम्प्युटर, हरियाली शुल्क बाफत बुटवल उपमहानगरपालिकालाई बुटवल मण्डप हरियाली कोषमा रु. ५ लाख १९ हजार ३ सय ६८ तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई रु. ७ लाख १ हजार ६ सय हस्तान्तरण गरिएको थियो ।

यसैगरि उद्योगमा काम गर्ने कर्मचारीहरुका छोराछोरीमध्ये कक्षा ९ मा अध्ययन गर्ने १ जना छात्र र १ जना छात्रालाई छात्रवृति दिने कार्यक्रम अन्तरगत एग्रो एफआरपि इण्डष्ट्रिजमा काम गर्ने मजदुरकी छोरी सिता मावि चरङेमा अध्ययनरत छात्रा झरना पन्त र एभरेष्ट एब्रासिभ एण्ड एलाइड इण्डष्ट्रिजमा काम गर्ने मजदुरका छोरा सिद्देश्वरी माविमा, बुटवलमा अध्ययनरत छात्र मनिष हिस्कीलाई जनही रु.१० हजार १ सय ५५ नगद छात्रवृति प्रदान गरिएको थियो ।

रक्तदान कार्यक्रम
स्थापना दिवशका अवसरमा संघको आयोजनामा शनिवार विहान रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ६५ युनिट रक्तदान भएको कार्यक्रमका संयोजक यमलाल भटट्राईले जानकारी दिए । कार्यक्रममा नेपाल रक्त सञ्चार केन्द्र बुटवलका प्राविधिकहरुले सहयोग गरेका थिए ।

प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij