बुटवल । बुटवलमा जारी प्रथम स्मृति कप अन्तर विद्यालय नकआउट छात्र फुटलब प्रतियोगिता अन्तरगत आइतबारको पहिलो खेलमा अक्सफोर्ड मावि विजयी भएको छ ।
एक्सिस स्कूल र अक्सफोर्डबीच भएको खेलमा अक्सफोर्ड ४-० को भारी गोल अन्तरले विजयी भएको हो ।
यस्तै कुँवरवर्ती इङलिस बोर्डिङ स्कूल र देवदह इङलिस बोर्डिङ स्कूलकाबीच भएको दोस्रो खेलमा कुँवरवर्ती ३-१ गोल अन्तरले विजयी भएको स्मृति स्पोर्टस क्लबका अध्यक्ष महेश खनालले जानकारी दिए ।
त्यस्तै सोमबारको पहिलो खेल नविन औद्योगिक कदरबहादुर रीता मावि र सैनामैनाको प्रभात माविबीच हुनेछ । भने, दोस्रो खेल सेन्ट जोसेफ मावि र नमूना बोर्डिङ स्कूल भलुहीकाबीच हुनेछ ।
प्रतियोगितामा रूपन्देहीको संस्थागत र निजी विद्यालयका गरी २८ विद्यालय सहभागी छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार एक सय ११ रूपैयाँ मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीयले नगद २५ हजार एक सय ११ रूपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिता मंसिर २९ गतेसम्म चल्नेछ ।
प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्