घुम्ती शिविरबाट स्थानीयवासी लाभान्वित

घुम्ती शिविरबाट स्थानीयवासी लाभान्वित

डडेल्धुरा: एकीकृत घुम्ती शिविरबाट डडेल्धुराका सर्वसाधारण लाभान्वित भएका छन् । सामान्य कामका लागि सदरमुकाम जान बाध्य सर्वसधारणले घुम्ती शिविरबाट गाउँमै विभिन्न प्रकारका सेवा पाएका छन् ।

घुम्ती शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, बीउबिजन निःशुल्क प्राप्त गर्नाका साथै पशुका लागि औषधिसमेत गाउँमै पाएको सर्वसाधारणको भनाइ थियो । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र भागेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा बुधबार एकदिने घुम्ती शिविरको आयोजना गरिएको हो ।

नागरिकता बनाउन मात्रै सदरमुकाम पुग्दा दुई दिन बिताउनुपर्ने वोगटा, लमकाँडेलगायत गाउँका मानिसलाई फाइदा पुगेको वडाध्यक्ष राम शाहीले जानकारी गराए ।

घुम्ती शिविरवाट सर्वसधारणले नागरिकता, विभिन्न तरकारीका बीउ पाउन साथै निःशुल्क स्वास्थ्यजाँच, औषधि पाएका तथा पशुको उपचार भएको अध्यक्ष शाहीले बताए ।

डडेल्धुरास्थित गरुड दलगणले पनि दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई गाउँमै गई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

भागेश्वर गाउँपालिका–३ मा पुगी नेपाली सेनाले विशेषज्ञ चिकित्सकको टोलीसहित स्वास्थ्य शिविरको आयोजना गरेको जनाइको छ । शिविरमा उपचारदेखि औषधिसमेत निःशुल्क दिइएको गरुणदल गणले जनाएको छ । बालरोगदेखि अन्य सम्पूर्ण रोगका बिरामीले उपचार गराएका छन् ।

प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij