मोबाइल फोनसँगको दुर्व्यसन कतिसम्म खतरनाक ?

मोबाइल फोनसँगको दुर्व्यसन कतिसम्म खतरनाक ?

मोबाइल फोनसँगको तपाईँको दुर्व्यसन कतिसम्म खतरनाक हुन सक्छ ? यसको खास उत्तरले तपाईँलाई चकित बनाउनेछ । अमेरिकी फोटोग्राफर एरिक पिकरगिलको फोटोग्राफी प्रोजेक्ट ‘रिमुभ्ड’ले यसलाई आश्चर्यजनक रूपमा देखाएको छ ।

पिकरगिलले आफूले खिचेका फोटोबाट मोबाइल फोन र अन्य इलेक्ट्रोनिक डिभाइस हटाएपछिको दृश्यले देखाउँछ– दैनन्दिन जीवनमा मोबाइलको अतिप्रयोगले हामीलाई कति आहत बनाएको छ ।

प्रविधिको प्रयोगले हामीलाई कतिसम्म आशक्त बनाएको छ, त्यो यही फोटोकथाले बताउँछ ।

पिकरगिल स्वीकार्छन्- मोबाइल फोनको प्रयोगबाट उनी पनि अछुतो छैनन् । उनी पनि आफ्नो मोबाइल डिभाइसमा धेरै समय बिताउँछन् ।

यो प्रोजेक्ट उनको आफ्नै कथा होइन । ‘न्युयोर्क क्याफे’को एउटा पारिवारिक जमघट देखेपश्चात् यो काम गर्न उनी उत्प्रेरित भएका हुन् ।

त्यस दिनबाट शुरु उनका नोट—

“ट्रोयमा रहेको इलियम क्याफेमा एउटा परिवार छ । उनीहरू एक-अर्कासँग नजिक छन् र पनि टाढा छन् । आपसमा बोलेका छैनन् । बा र उनका दुई छोरीका आ-आफ्नै फोन छन् । आमासँग फोन छैन वा उनले फोन टाढै राख्न खोजेकी हुन् कि खोइ ।

उनी झ्यालबाट बाहिर हेर्छिन् । उदास छिन् । परिवारका सदस्यसँगै छिन् तर छैनिन् पनि । बाचाहिँ हरक्षण अनलाइनबाट पाउने अद्भूत सूचनासँग दंग छन्, छिनछिनमा त्यही सुनाइरहन्छन् ।

यो कुरा आफैंमा दु:खी हो तर उनको दिनचर्या पनि । एक-अर्कासँगको हाँसोठट्टामा उनीहरू रमेका छैनन्, सबैजना आफ्नै फोन हेरेर मख्ख र दंग छन् ।”

यही दृश्यले पिकरगिललाई यो काम गर्न सबभन्दा बढी हुटहुटी पैदा गराएको थियो । पिकरगिलले सबैलाई फोनसँग सामान्य रूपमा प्रस्तुत हुन अह्राए र पछि फोटोबाट फोन हटाइदिए । परिणाम देखियो— फोनसँगको हाम्रो सामीप्यता कति डरलाग्दो छ ।


पिकरगिलको यो परियोजनाले हामीलाई पक्कै सिकाउला, फोनसँगको हाम्रो दुर्व्यसन कति भद्दा र खतरनाक हुन्छ । नजिकका मान्छेसँग बसेर समय बिताउने कामलाई कसरी ओझेल पार्छ फोनसँगको सामीप्यताले ।

प्रविधिले पुर्‍याएको अतुलनीय योगदानको कुरा त छँदै छ, साथै यसको सामाजिक र भौतिक प्रभाव कसरी प्रस्फुटित हुँदैछ, यो कामले बताउँछ ।

“आफ्नो समय कसरी बिताउने, त्यो कुरा मैले कसैलाई भनिरहेको छैन, मैले त एकछिन सोच्न बाध्य बनाउन खोजेको मात्र हुँ । केही कुरा सम्झाउन मलाई पनि रिमाइन्डर चाहिन्छ किनभने यो पनि दुर्व्यसन हो ।”

साभार: http://powerfulmind.co

तस्बिर सौजन्य: एरिक पिकरगिल

प्रकाशित मिति : शनिबार, मंसिर २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij