सुदूरपश्चिममा रासायनिक मल अभाव

सुदूरपश्चिममा रासायनिक मल अभाव

डोटी । सुदूरपश्चिम प्रदेशमा रासायनिक मल अभाव भएको छ । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका छैनन् ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा मलको मौज्दात सकिएपछि यस क्षेत्रमा मलखाद अभाव देखिएको हो ।

सुदूरपश्चिम प्रदेशमा सरकारी अनुदानको मल बिक्री वितरण गर्ने जिम्मेवारी यी दुई कम्पनीले पाएका छन् । यहाँका पहाडी जिल्लामा मल अभाव सिर्जना भएको छ ।

मल अभाव हुँदा यस वर्ष तोरी र गहुँको उत्पादन घट्ने डोटीका स्थानीयवासी चक्र धामीले बताए । उनले भने, ‘तोरी र गहुँ उम्रिसके मल पाउन सकेका छैनौँ, उत्पादन त घट्ने नै भयो ।’

किसानको आवश्यकताअनुसार मल आपूर्ति हुननसकेको कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रबन्धक दुर्गाप्रसाद पाण्डेयले स्वीकारे ।

सुदूरपश्चिम प्रदेशमा धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक ३० हजार मेट्रिकटन मलको आवश्यकता पर्ने भए पनि करीब २० हजार मेट्रिकटन मात्रै मल पुग्ने गरेको क्षेत्रीय प्रबन्धक पाण्डेयले बताए ।

उनले भने, ‘आवश्यकताअनुसार मल आपूर्तिका लागि सरकारी पक्षबाट पहल नहुँदा समस्या आएको हो, हाम्रो गल्ती छैन ।’

साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक प्रबन्धक केशवप्रसाद पाण्डेले कार्यालयले ३० प्रतिशत रासायनिक मल वितरण गरिसकेको जानकारी दिए ।

कृषकको सहजताका लागि विसं ०७० बाट कृषि सामग्री कम्पनीको मल साल्ट ट्रेडिङले पनि बिक्री गर्न पाउने व्यवस्था गरिएको थियो । गाउँमा मल वितरण गर्ने जिम्मा पाएका सहकारी संस्थाका सञ्चालक दैनिक कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयमा धाइरहेका छन् ।

कार्यालयले सबै स्थानीय तहमा पु¥याउने उद्देश्यका साथ मल वितरण गरिरहेको भए पनि गोदाममै मल नभएपछि उनीहरु अलमलमा परेका छन् ।

दैनिक सहकारीमा धाएर किसान हैरान भएपछि सहकारी सञ्चालक पनि मल लिनका लागि कृषि सामग्री कम्पनीमा पुग्न बाध्य भएका छन् । किसानको मागको आधा पनि मल नपुग्दा किसान समस्यामा परेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : सोमबार, पुष २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij