महेन्द्रनगर : भीमदत्त नगरपालिकामा चार बैंकले सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लिएका छन् । ती बैंकले नगरपालिकाका छुट्टाछुट्टै वडामा भत्ता वितरणको जिम्मेवारी लिएका छन् ।
स्थानीय तह निर्वाचनपछि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । भीमदत्त नगरपालिकाले गत वर्षदेखि वडा कार्यालयबाट भत्ता वितरण सुरु गरेको थियो । भीनपा वडा नं. ६ बाट भत्ता वितरण सुरु गरिएको हो ।
भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनमा सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गर्ने प्रतिवद्धता गरेका थिए । चुनावी प्रतिवद्धता अनुसार वडा कार्यालयबाट भत्ता वितरण सुरु गरिएको हो ।
त्यस अघि बैंकहरुले आफ्नो कार्यालयबाट भत्ता वितरण गर्र्दै आएका थिए । बैंक कार्यालयमा भत्ता लिन आउँदा वृद्धवृद्धा सबैभन्दा बढी मारमा परेका थिए ।
गत वर्ष वडा नं. ६ को वडा कार्यालयबाट भत्ता वितरण सुरु गर्दै नगर प्रमुख विष्टले स्थानीय तह निर्वाचनमा गरिएका सबै वाचा पूरा गर्ने प्रतिवद्धता जनाएका थिए ।
नगर प्रमुख विष्टले भीनपाका वडाबाट सामािजक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए । ‘चुनावी प्रतिवद्धता अनुसार वडाबाट भत्ता वितरण सुरु गरिएको छ’ उनले भने ।
भीमदत्त नगरपालिकामा कञ्चन बैंकले सबैभन्दा बढी वडामा भत्ता वितरणको जिम्मा लिएको छ । कञ्चनपछि कुमारी बंैकले बढी बडामा भत्ता वितरणको जिम्मा लिएको छ ।
कञ्चन बैंकले वडा नं. २, ३, ६, ७, ८, ९, १०,१५, १६, १७ र १९ वडामा भत्ता वितरणको जिम्मा लिएको छ । यसैगरी वडा नं. ५,११, १२, १३, १४ नम्बरमा कुमारी बैंकले भत्ता वितरणको जिम्मा लिर्दैै आएको छ । वडा नं. १ र ४ प्रभु बैंैक तथा वडा नं. १८ मा एनससीसि बैंकले भत्ता वितरणको जिम्मेवारी लिएको छ ।
चालु आर्थिक वर्षका लागि सामाजिक सुरक्षा भत्तामा १८ करोड बजेट विनियोजन गरिएको छ । ज्येष्ठ नागरिक, दलित नागरिक दलित, दलित बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित समुदायका बालबालिका, लोपोन्मुख राउटे, राजी समुदाय, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने गरिएको छ ।
भीमदत्त नगरपालिकामा सामाजिक सुरक्षा तथा पञ्जीकरण उप शाखाले सामाजिक सुरक्षा सम्बन्धी कार्य गर्दै आएको छ । भीमदत्तमा १० हजार बढी वासिन्दाले सामाजिक सुरक्षा भत्ता पाउँदै गरेका छन् ।
भीमदत्त नगरपालिका कार्यालयका सूचना अधिकारी हरि सिह धामीले नगरपालिकाका सबै वडामा वडा कार्यालयबाट भत्ता वितरण गरिएको बताए ।
भीमदत्त नगरपालिका कार्यालयका सूचना अधिकारी हरि सिह धामीले नगरपालिकाका सबै वडामा वडा कार्यालयबाट भत्ता वितरण गरिएको बताए । ‘अहिले वडाबाट भत्ता वितरण गरिएको छ, आउन नसक्नेलाई बैंकबाट भत्ता दिने गरिएको छ’ सूचना अधिकारी धामीले भने ।
पूर्व नेकपा – एमाले) का नेता तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको पालमामा ज्येष्ठ नागरिकलाई भत्ता वितरण सुरु गरिएको थियो ।
प्रकाशित मिति : सोमबार, पुष २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्