बुटवल । बुटवलमा रहेको सोलमारी कटेज एण्ड फेमलि रेष्टुरेन्टमा ६९ औँ नियमिति रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
स्वयमसेवी रक्तदाता समाज रुपन्देहीको मुख्य आयोजना तथा कटेजको सह आयोजनामा कर्यक्रम सम्पन्न भएको हो ।
३÷३ महिनामा रक्तदान गर्दै आएको कटेजले कटेजमै रक्तदान गरेको र ४० युनिट रगत संकलन गरीएको सञ्चालक खुम बस्नेतले जानकारी दिए ।
अर्का सञ्चालक सुदर्शन सिग्देलले रगतको अभावमा कसैको ज्यान नजाओस भनेर नियमित रक्तदान गर्दै आएको बताए ।
कटेजमा कार्यरत तथा बाहिरी ब्यक्तिहरुले रक्तदान गरेको स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जानकारी दिए ।
रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगका कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : सोमबार, पुष २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्