भीमदत्त नगरपालिकामा पहिलो चौमासिकमा डेढ दर्जन ठेक्का

भीमदत्त नगरपालिकामा पहिलो चौमासिकमा डेढ दर्जन ठेक्का

महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्यालयमा पहिलो चौमासिकमा डेढ दर्जन ठेक्का गरिएका छन् । प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनमा पहिलो चौमासिकमा गरिएका ठेक्काको विवरण समावेश गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिहको अध्यक्षतामा प्रथम चौमासिकको समीक्षा गरिएको थियो । भीमदत्त नगरपालिका सहरी पूर्वाधार विकास शाखाका इन्जिनियर जयराज भट्टले पहिलो चौमासिकमा सडक कालोपत्रे, औषधि खरिद, नमूना बायोग्याँस प्लान्ट निर्माण लगायतका १८ ठेक्का गरिएको जानकारी दिए ।

‘पहिलो चौमासिकमा १८ ठेक्का गरिएका छन्, ती मध्ये केहीमा सम्झौता गरी कार्य अघि बढेको छ’ उनले भने,‘अरुमा पनि सम्झौता गरी छिट्टै काम सुरु गर्छौ ।’

नमूना बायोग्याँस प्लान्ट कार्य नगरपालिका कार्यालयमा सुरु गरिएको छ । कुहिने फोहरबाट उर्जा उत्पादनका लागि १५ लाख लगानीमा बायोग्याँस प्लान्ट बनाउन लागिएको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कार्यालयमा निर्माण गरिने प्लान्टबाट उत्पादन हुने उर्जा अस्पताल सहितका निकायलाई वितरण गरिने
बताए ।

पहिलो चौमासिकमा हिरा जनक मार्ग सडक, मालिकार्जुन टोल सडक, विपिन आयल स्टोर उत्तर सडक, खैरभट्टीमा बाल मन्दिर सडक, बागवानीमा गोबरैया पुल सडक लगायतका छन् । यसै गरी वसपार्कको सटर भाडा, औषधि खरिद, कामिकाटे, रौटेला, खन्नेखोला, ब्रह्मदेबको रोयल्टी लगायतका ठेक्का गरिएको छ ।

भीमदत्त नगरपालिकामा निर्माण गरिने चक्रपथको डीपिआर बनाउने प्रक्रिया पनि अघि बढेको छ । भीमदत्तमा चालु आर्थिक वर्षका लागि एक अर्ब १० करोड ६४ लाखको बजेट विनियोजन गरिएको छ । बजेटमा १२ करोड २७ लाख आन्तरिक आम्दानीको लक्ष्य राखिएको छ ।

वित्तिय समानीकरण २५ करोड ५६ लाख, सशर्त अनुदान ३१ करोड ९५ लाख, राजश्व बाँडफाँट १४ करोड ३३ लाख, सामाजिक सुरक्षा १८ करोड, लागत सहभागिता १ करोड, क्षेत्रीय सहरी विकास आयोजना ४ करोड ३५ लाख, सडक बोर्ड ७२ लाख र सीमा क्षेत्र विकास कार्यक्रमबाट ४५ लाख आम्दानी अनुमान गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, पुष ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij