लुम्बिनी बोर्डिङमा सरसफाइ कार्यक्रम

लुम्बिनी बोर्डिङमा सरसफाइ कार्यक्रम

बुटवल । बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलले आफनो रजत महोत्सवका अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुलका प्राचार्य लालहरि पाण्डेले उद्घाटन गर्नु भएको सोही सरसफाइ कार्यक्रममा विद्यालयका शिक्षक र कक्षा ७ देखि कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागी भएका थिए ।

सोही क्रममा स्वास्थ्य नै धन हो, आफनो टोल आफै सफा गरौं स्वच्छ बातावरण हाम्रो चाहाना जस्ता नाय लेखिएका प्लेकार्ड सहित देखिएका विद्यार्थीहरुले स्वास्थ्य सम्बन्धी जनचेतना पनि प्रवाह गरेका थिए ।

सोही सरसफाइका क्रममा सहस्रपथ रामापिथेकस मार्ग अन्तरगत पर्ने सडक, गल्ली, चोक, दुर्गा मन्दिर प्रतिक्षालय लगाएतका सार्वजनिक स्थलहरु सरसफइ गर्नुका साथै जनचेतना जगाएका थिए ।

अतिरिक्त क्रियाकलाप प्रमुख गणेश पन्तको संयोजकत्वमा सञ्चालित सोही कार्यक्रममा शिक्षक विकाश गुप्ता, गङगा भन्डारी रेखा गङगोल लगायतको उपस्थिति रहेको थियो ।

यसै गरी साप्ताहिक कार्यक्रम अन्र्तगत सम्पन्न भएका कार्यक्रमहरुमा कक्षा नर्सरीदेखि क्क्षा ३ सम्म शिक्षिका तारा कार्की र सोनिया रानाको संयोजकत्वमा गायन प्रतियोगिता र कक्षा ४ देखि ६ रोशनी भण्डारीको संयोजकत्वमा योगा प्रशिक्षण सम्पन्न भएका छन् ।

प्रकाशित मिति : शुक्रबार, पुष ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij