समुदायको अस्तित्वका लागि भाषा अपरिहार्य : बुटवल नगरप्रमुख सुवेदी

समुदायको अस्तित्वका लागि भाषा अपरिहार्य : बुटवल नगरप्रमुख सुवेदी

बुटवल । बुटवल उपमहानगरपालिका कार्यालय प्रमुख शिवराज सुवेदीले कुनै पनि समुदायको अस्तित्वका लागि त्यो समुदायको भाषा, संस्कार र संस्कृति महत्वपूर्ण हुने कुरा बताएका छन् ।
नेपाल मगर संघ बुटवल नगर समितिद्वारा शनिबार बुटवल ७ दीपनगरमा आयोजना गरिएको पितृ बाजेबजै पुजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमूख सुवेदीले सो कुरा बताएका हुन् ।
उनले नेपाल बहुजातीय मूलूक रहेको बताउँदै हरेक समुदायको समृद्धिका लागि उनीहरुको भाषा र संस्कार संरक्षणका लागि नगरले आवश्यक पहल गर्न तयार रहेको धारणा ब्यक्त गरे ।
यहाँको विविधता राष्ट्रको सम्पती रहेको उनको भनाई थियो । सबैले आफ्ना संस्कार र संस्कृतिलाई संरक्षण गर्न आवश्यक रहेको बताए ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिका कार्यबाहक अध्यक्ष बसन्ती साठिघरे मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय कोषाध्यक्ष कमला थापा, नेपाल मगर संघ पुर्व सैनिक तथा प्रहरी संघका केन्द्रिय महासचिव क्या. भीम बहादुर राना, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष दल बहादुर छन्त्याल, मगर संघका जिल्ला अध्यक्ष गीता सारु, फोनिज रुपन्देही अध्यक्ष सनु थापा, जीत बहादुर राहादी लगायतले बोलेका थिए ।
नेपाल मगर संघ बुटवल उपमहानगर समिति उपाध्यक्ष लुम बहादुर सारुको स्वागत तथा सचिव थर्क बहादुर बारघरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बुटवल नगरभित्र रहेका मगर समुदायले हरेक वर्ष आफ्ना पितृको स्मृतिमा पूर्णिमा तिथी पारेर बुद्ध संस्कार अनुसार पुजा गर्ने गर्दछन् ।

प्रकाशित मिति : शनिबार, पुष ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij