हुलाकी सडक कालोपत्र हुँदै

हुलाकी सडक कालोपत्र हुँदै

बाँके । बर्दियाको ३६ किलोमिटर हुलाकी सडकमा धूलो र हिलोबाट लामो समयदेखि प्रताडित हुँदै आएका बर्दियावासी अहिले कालोपत्र गर्न लोकामा खुशी भएका छन् ।

पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने बर्दियाको मूर्तिहा–गुलरिया–भुरिगाउँ, बेलवा सम्मको सडकखण्ड अत्यन्तै जोखिम मोलेर दैनिक ओहोरदोहोर गर्नुपरेकामा कालोपत्र भएपछि स्थानीयवासी खुशी भएका हुन् ।

रु ६२ करोड १८ लाख ३८ हजार ६६६को लागतमा उक्त हुलाकी सडक निर्माणका लागि २०७३ भदौ महीनामा बोलपत्र आह्वान भएकामा बल्ल निर्माण हुन लागेको हो ।

त्यस्तै बेलुवा–राजापुर २१ किलोमिटर सडक रु ३० करोड छ लाख ३२ हजारको लागतमा अढाई वर्षमै निर्माण सक्ने गरी टेण्डर आह्वान भएकमा बल्ल काम शुरु भएको छ ।

निर्माण कम्पनीलाई पर्ने सम्पूर्ण बाधा अड्चन फुकाउँदै तोकिएकै समयमा सडक निर्माण सम्पन्न गर्नका लागि प्रशासन लागिपरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले बताए । रासस

प्रकाशित मिति : सोमबार, पुष ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij